सगरमाथा क्षेत्रमा पर्यटक हराउनु रहस्यमय

विवश कुलुङ राई /२०७२ असोज ९ गते
सोलुखुम्बुको खुम्बु क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा कहलिएको क्षेत्र हो । त्यसैले वर्षेणी हजारौ पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गरेका छन् । भ्रमणमा निस्कने पर्यटकहरु समय समयमा हराउदै आएको खबर समेत आईरहेको छ । तर सोलुखुम्बुको खुम्बु क्षेत्र अर्थात पर्यटकिय सगरमाथा क्षेत्रमा हराएका पर्यटकहरुको अवस्था भने रहस्यमय रहेको छ । हराउनु मात्र रहस्यमय नभई हराएकोहरुको कुनै अत्तोपत्तो नहुनु झण आश्चर्य रहेको छ ।  सन् १९८० मा ५ हजार ७ सय ७० मिटर अग्लो खुम्बुयुल्ला पिक चढ्न गएका ५ जना जापानिज नागरिक हराएपछि जापानिज नागरिक खोज्न खुम्जुङका स्थानीयहरु उक्त क्षेत्रमा जादा खोज्न जाने समेत हराएपछि खुम्बुयुल्ला पिक चढ्न समेत छाडेका छन् । यसरी मानिस हराएपछि खुम्बुयुल्लालाई देवताको रुपमा शेर्पा सामुदायले मान्दै आएका छन् भने हिन्दु धर्म अनुसार पनि खुम्बुयुल्ला पर्वतलाई सुमेरु पर्वतको रुपमा मान्ने गरिएकोले पर्वतारोहण गर्दा देवताले नमान्ने भएकोले चढ्न गएकाहरु हराएको हुन सक्ने खुम्जुङका तेन्जिङ टसि शेर्पाको भनाई छ ।
त्यस्तै वि.सं २०६३ सालमा सगरमाथा प्रदुर्शन नियन्त्रण समितिका कर्मचारी जगत गिरी रातीको समयमा शौचालय जादा हराएको र हालसम्म कुनै अत्तोपत्तो नभएको सगरमाथा प्रदुर्शन नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपितन्द्र राई बताउनुहुन्छ “राती सुतेको साथी शौचालय गएको तर नआएपछि खोजी गर्दा कहि पनि भेटिएन, न त लाश भेटिनु न त सास भेटिनु, हराएको ८ वर्ष पुरा भईसक्यो कुनै अत्तोपत्तो छैन ।”
त्यस्तै यति मान्टेन होटलमा काम गर्दै आउनु भएका वाकु ९ की फुर्णिमा शेर्पा २०६९ सालमा हराउनु पनि उस्तै रहस्यमय रहेको छ । आफुले काम गरेको होटलमा आउने पर्यटकलाई स्वागत गर्न भने नाम्चेबाट करिव एक किलोमिटर तल तोपडाँडा भन्ने स्थानमा झरेर दुई जना अमेरिकन नागरिकलाई चिया खुवाएर होटल फर्केकी शेर्पाको हालसम्म कुनै अत्तोपत्तो छैन ।
वि.सं. २०६९ बैसाखमा नाम्चे घुम्न आएका बेलायती नागरिक जिसिमोस एलेक्जेन्डर सफ्लास हराएपछि ईलाका प्रहरी कार्यालय नाम्चेको खोजी कार्य अझै जारी रहेपनि कुनै अत्तोपत्तो नरहेको ईलाका प्रहरी कार्यलय नाम्चेका प्रहरी निरिक्षक रामकाजी थामीले बताउनु भयो । त्यस्तै वि.सं. २०७१ साल बैसाखमा खुम्जुङ ७ दिङबुजेबाट हराएका स्लोभाकियाका नागरिक  थोमस प्रिङकेलको अवस्था पनि उस्तै रहेको छ । प्रहरी निरिक्षक थामी भन्नुहुन्छ“ हराएपछि कमसेकम लाश त पाउनु पर्ने हो नि तर खुम्बुमा हराएकाहरुको लाश भेटिएको कुनै तथ्याङ्क छैन ।”
गत २०७१ पुसमा नाम्चेबाट नै हराएका अमेरिकन नागरिक कोलिन स्क्यालर मेक्लेयरीको अवस्था पनि केहि पनि पत्तो छैन तर हालसम्म ईलाका प्रहरी कार्यालयले खोजी जारी राखेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
खुम्बु क्षेत्रमा जहिलेदेखि पर्यटकहरु आउन थाले त्यतिबेला देखि नै खुम्बु क्षेत्रमा पर्यटकहरु हराउदै आएको सुनिनमा आएको खुम्जुङका स्थानीय तेन्जिङ टसि शेर्पाको भनाई छ । तर सोलुखुम्बुको खुम्बु क्षेत्रमा कति पर्यटकहरु हराएका छन् प्रहरीसँग कुनै तथ्याङ्क नै छैन । खुम्बु क्षेत्रमा हराएकाको सँख्या एक सय भन्दा बढि पुगेको हुनसक्ने स्थानीयहरुका अुनमान पुगेको भएपनि प्रहरीसँग कुनै तथ्याङ्क नरहेको हो । “हराएकोहरुको खोजी कार्य मात्र जारी रहन्छ तर मुद्धा नचल्ने भएकोले तथ्याङ्क राख्ने चलन छैन”ईलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक रामकाजी थामीका अनुसार स्थानीयहरुसँग बुझ्दा हराएकाहरुको अवस्था रहस्यमय रहेको छ । खुम्बुमा हराएका पर्यटकहरुको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नपाएपछि खुम्बुमा कति हराए यकिन हुन नसकेको हो ।
खुम्बु क्षेत्रमा आफ्नो बाबुको पालादेखि नै पर्यटक हराउदै आएको तर जङगली जनावरले खाएको हो भने पनि थाहा हुनुपर्ने भिडबाट लडेपनि लाश त पाउनु पर्ने तर हालसम्म हराएकोहरुको अवस्था अज्ञात रहेको नाम्चेका स्थानीय लामाकाजी लामाको भनाई छ । खुम्बुमा हराएकाहरुको अवस्था हालसम्म अज्ञात रहेपछि खुम्बुका स्थानीयहरुको आ–आफ्नै अनुमान रहेकोछ । खुम्जुङका स्थानीय टसि शेर्पाका अनुसार अहिलेसम्म खुम्बुमा हराउने पर्यटकहरु एक्लै रहेको अवस्थामा मात्र हराएकोले यतिले गायब बनाएको हो । यति मान्छे जान नसक्ने स्थानमा मात्र बस्ने भएकोले लाश समेत नपाएको धेरैको अनुमान छ ।
हराएर अज्ञात रहेका पर्यटकको विषयमा भने प्रहरीको फरक दृष्टि छ । ईलाका प्रहरी कार्र्यालय नाम्चेका प्रहरी निरिक्षक रामकाजी थामी भन्नुहुन्छ “यहाँ हराएकोहरुको कुनै न कुनै प्रमाण त भेटिनु पर्ने हो तर नभेटिएपछि खुम्बु क्षेत्रमा कुनै गिरोह सकृय रहेकको हुनसक्छ तर गिरोह नै सकृय छ भन्ने कुनै प्रमाण पछि छैन । हराउछन् तर नभेटिएका चोहि सत्य हो ।”
हालसम्म एक्लै खुम्बु घुम्न आएका पर्यटकहरु मात्र हराएको पाईएकोले खुम्बु क्षेत्र गन्तव्य बनाएर आउने पर्यटकहरु एक्लै नआउन प्रहरीको आग्रह छ ।

जिल्लभर ब्लड बैङ्क नहुदा समस्या

विवश कुलुङ राई/२०७२ असोज ९ गते 
सोलुखुम्बु भौगोलिक रुपमा धेरै विकट र सबै क्षेत्रमा सडक यातायात नपुग्दा जो कोहि बिरामी भईहालेमा स्टेचरको विकल्प छैन । स्टेचरको साहारा लिएर बल्ल सदरमुकाम स्थित जिल्ला अस्पतालमा बिरामी ल्याईन्छ उपचार हुन सक्ने बिरामीलाई नै जिल्ला अस्पताल फाप्लुले रगत नपाउदा काठ्मान्डौ रेफर गरिदिन्छ ।
सुत्केरी गराउनको लागि सबैभन्दा विश्वासीलो भनेको अस्पताल नैै हुन्छ । जव अस्पतालका स्वास्थ्यकर्मीले बिरामीको अप्रेशन गर्नुपर्ने भएकोले रगतको व्यवस्था गर्नु भनेर सुत्केरीका आफन्तलाई खबर गर्छ तव मिल्दो रगत भएको मानिस खोज्न मै हैरानी हुन्छ सुत्केरीका आफन्तहरु ।
सोलुखुम्बुमा ब्लड बैङ्क नहुदा यस्तै समस्याहरु निरन्तर दोहोरिरहन्छ । जिल्ला अस्पताल फाप्लुमा गत भदौ महिदामा मात्र ३५ जनालाई सुत्केरी गराउदा १० जनाको अपरेशन गरिएको र अपरेशन गर्नु पर्ने सबै बिरामीका आफन्तलाई रगत मिल्ने आफन्त वा कोहि चिनेजानेको तयारीमा राख्नु रगत आवश्यकता हुन सक्छ भनेर आफन्तलाई मिल्दो रगत भएको मासिनको तयारी गर्न लागाएको सोलु अस्पताल फाप्लुका स्टाफ नर्स सानी शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार ब्लड बैङ्क नभएपछि बिरामीका आफन्तलाइृ बढि सास्ती  हुने गरेको छ । 
जिल्ला अस्पताल सोलुखुम्बुले गत आर्थिक वर्षभरमा ३ सय १ जनालाई सुत्केरी गराउदा ८ जनालाई रगत दिनु परेको थियो । रगत दान जीवनदान भनिएपनि मिल्दो रगत भएपनि जो कोहिले दिन नमान्ने समस्याका कारण झण समस्या हुने गरेको बिरामीका आफन्तहरु बताउछन् ।
जिल्ला अस्पताल सोलुखुम्बुले एक वर्षको अवधिमा  ८ जनलाई रगत दिदा ओ नेगेटिभ रगत भएका दुई जना बिरामीलाई काठ्मान्ठौ रेफर गरेको अस्पतालका स्टाफ नर्स सानी शेर्पाबे बताउनु भयो । शेर्पाका अनुसार आफन्तलाई रगत मिल्दो भएको मानिस खोज्न लगाईएको भएपनि प्रहरी, नेपाली सेना,  रेडक्रस कर्मी र स्थानीयलाई गुहार्दा समेत रगत नपाएपनि तिङ्लाका १ जान र केरुङर्का क जना गरि दुई जनालाई अस्पतालले रेफर गरेको हो । 

स्वर सम्राट नारायण गोपालको स्मृति दिवश

नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि।सं। १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे ।
सानामा लजालु स्वाभावका नारायण भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । उनी किशोर अवस्थामा पुग्नासाथ दुइ कुराको आदि भए । एउटा चूरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने ।
पुराना कुरा सम्झदै प्रेमध्वज प्रधान सम्झन्छन्( “दुइ वर्षेदेखि बेबीलाई मन पराउँदो रै’छ, केटीले भने एकरत्ति नगन्ने । धेरैपछाडि हामीलाई थाहा भयो । हामीले उसलाई सम्झायौँ, घाँस पनि नहाल्ने यस्तालाई के मरिहत्ते गर्छस् १ गोडा भए जुत्ता कत्ति कत्ति भन्थ्यौँ । निकै पछाडि मात्रै उसले बेबीलाई ध्यान दिन छाड्यो ।”
“उसको एकतर्फी प्रेम छुटाउन मैले मेरी आमाको उदाहरण दिने गर्दथेँ,” प्रेमध्वज आफ्नो किशोरकालीन साथीको सम्झना गर्दै भन्छन्( “मेरो बुवा आमाको पनि लब म्यारिज थियो, तर उहाँहरुको प्रेम सफल हुन सकेन । पछि आमा बेग्लै बस्न थाल्नुभयो । प्रेम गर्यो भने दुःख पाइन्छ, मेरी आमाको हालत हुन्छ भनेर सम्झाएपछि उसले बल्ल बेबीलाई छोडेको थियो । धेरैपछि नारायणगोपाल हिट भएपछि बेबी पछुताएकी थिई ।”
“उसबेला नै गँजडी थियो, दिनभर पढाइबाहेक अरु काम थिएन त्यसैले उसलाई नपत्याएकी हुनसक्छ”, नारायणगोपालको पहिलो प्रेमको अन्त्यका बारे प्रधान हाँस्दै बताउँछन् ।
यो त्यो बेला थियो, साइँला उस्तादका छोरा रत्नमान, माणिकरत्न, प्रेमध्वज प्रधान, नरेन्द्र बाटाजु, उमेरमा केही सानो भए पनि योगेश वैद्यजस्ता सङ्गीतप्रेमीहरु अर्का एक सङ्गीतप्रेमी लक्ष्मण श्रेष्ठको घरमा भेला हुन्थे । लक्ष्मण श्रेष्ठ सम उमेरका र उनी दिनभर पसलमा बस्ने हुनाले उनीसँग थोरबहुत पैसा हुने गर्दथ्यो । कहिलेकाहीँ लक्ष्मणको निगाहले त्यो समूह साँझ परेपछि मनपर्दी खान पाउँथे । उनको घरमा गीतकार राममान तृषितले एउटा कोठा भाडामा लिएका थिए नवकला परिवार संस्थाका लागि । क्लबजस्तो थियो त्यो कोठा । त्यही कोठामा नारायणगोपाल बेञ्च तानेर त्यसलाई ठटाउँदै गुन्गुनाउने गर्दथे तर साथीहरुले अलि राम्रो स्वर निकालेर गीत गाउन अनुरोध गरे भने लजाउँथे । तर बेञ्जलाई तबला ठटाएसरी अरुलाई गाउनमा स्वर खाप्न भने खप्पिस थिए ।
कहिलेकाहीँ यी साथीहरुले नारायणलाई ‘जौँ रेडियो’ भन्दा लजाउँथे ।
यो समूहको साँझको काम निकै रमाइलो हुन्थ्यो । १० रुपियाँमा माइक भाडामा ल्याउँथे । माइक भाडामा ल्याउने उत्रो रकम यो समूहमा लक्ष्मण श्रेष्ठबाहेक अरुसँग हुँदैनथ्यो । चार पैसामा फूलमार चूरोट आउँथ्यो, त्यो फुर्माइसी पनि लक्ष्मणले नै गरिदिन्थे । उसबेलाको एउटा रेडियो यस्तो हुन्थ्यो, माइकलाई रेडियोमा जोड्यो भने रेडियोबाट बोलेको आवाज आउँथ्यो र रेडियोमा गाएको आनन्द ती युवाहरु लिने गर्दथे ।
यो बेलासम्म प्रेमध्वज र माणिकरत्नले रेडियो नेपालमा हिन्दी गीत गाएर आफ्नो स्वर परीक्षण मात्र गराएनन्, पास पनि भए । तर नारायण स्वर परीक्षा दिन डराए ।
नारायणगोपालको घर खान्दानी । नेवार समुदायमा सबैभन्दा उच्च जात मानिन्छ गुरुवाचार्य । नारायणगोपालको घर ९० सालको भुइँचालोमा पनि केही क्षति नभएको । त्यति मजबूत थियो उनीहरुको बुनियाद ।
नारायण किशोरावस्थामा निकै बलिया बाङ्गा । कतिसम्म भने आफ्ना काकाको चुनावमा उहाँलाई सघाउन प्रेमध्वजले आफ्नो हितैषी साथी नारायणलाई चौतारा लगेका थिए । दुइ दिन लाग्ने बाटो यी दुइ ठिटाले ११ घण्टामै पार गरेका थिए ।
नारायण पढाईमा उति उत्कृष्ट थिएनन् । उनलाई स्कूले हिसाबबाट निकै घृणा थियो । हिसाब नै उनको दुश्मन थियो । अँग्रेजीमा निकै राम्रो थिए उनी । १० कक्षामा नै एक पटक हिसाबका कारण झण्डै फेल भएका थिए । १३ सालमा नै एसएलसी पास गर्नुपर्ने नारायणले १६ सालमा पास भएका थिए । राममान र प्रेमध्वजले उनको पढाईमा निकै सहयोग गरेका थिए ।
एसएलसी पास नगरी रेडियोमा स्वर परीक्षा दिन नजाने अड्डी कसेका उनले एसएलसी पासलगत्तै राममानको शब्दसङ्गीतमा पंक्षीको पंखमा धर्तीको याद दियो‘ गाएर भ्वाइस टेष्ट पास गरेका थिए ।
कलेज पढ्दाताका उनका साथीमा थपिए रत्नशम्शेर थापा र अन्य । यो समूहले उनको साङ्गीतिक ऊर्जालाई अझ मौलाउने अवसर प्रदान गर्यो ।
यसबीचमा उनले आँखाको भाका आँखैले‘, मधुमास यो दिलको बाग नफुलिकन‘, म भोरका किरण हुँ‘, स्वर्गकी रानी मायाकी खानी‘, भो भो नसोध मलाई‘, कुञ्जमा गुञ्जियो‘जस्ता हिट गीत गाए । यीमध्ये अधिकांश गीत रत्नशम्शेरका थिए । यीमध्ये कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा गाएका थिए ।
यहाँ हिट भएपछि एक पटक नगेन्द्र थापालाई नारायणगोपालका पिताले भने( “ए, थापाकाजी लौ न मेरो छोरो त सस्ता गीत गाएर बिग्रन थाल्यो । अलि राम्रा गीत गाउन लगाउनु पर्यो ।”
नगेन्द्र यतिबेला सम्झन्छन्( “छोरो प्रेमप्रणयका गीतमा मात्र अल्झ्यो, शास्त्रीय सङ्गीतमा रत्ति मन दिएन भनेर बाबु चिन्तित थिए । त्यही भएर शास्त्रीय सङ्गीत सिकाउन बडोदा ९भारत० पठाउने योजना थियो । पछि बाबुको इच्छा पूरा गर्न ऊ बडोदा गयो ।
बडोदा जाउञ्जेलअघि “ए कान्छा ठट्टैमा‘” निकै हिट भइसकेको थियो । धेरै केटीहरु यो गीत आफैँमाथि लेखेको ठान्थे, आफैँलाई सम्झेर नारायणले गाएको ठान्थे । त्यस्तो ठान्नेमध्ये दार्जिलिङ सुकियापोखरीकी पेमाला लामा पनि थिइन् । जो सुकियापोखरीमा बीए पास उपरान्त स्थानीय स्कूलमा पढाउन थालेकी थिइन् । पेमाला मनमनै नारायणलाई मन पराउन थालेकी थिइन् र पत्रव्यवहार शुरु भइसकेको थियो । यसैबीच उनी बरोडा गए, शास्त्रीय सङ्गीत पढ्न ।
पत्रव्यवहार जारी नै थियो । खासगरी नारायणको प्रशंसामा पत्रहरु कोरिएका हुन्थे र नारायण पेमालाको लेखाईको प्रशंसक थिए ।
बडोदामा उनलाई पढ्न उति रुचिकर लागेन । “सबै थाहा भएकै त कुरा हो, नयाँ कुरा सिक्ने केही छैन”, साथीहरुसँग कहिलेकाहीँ गुनासो गर्ने गर्थे । उनी आफ्नो रुचिले भन्दा पनि बुवाको रुचिका कारण त्यहाँ पढ्न गएका हुनाले पढाईमा मन थिएन ।
अर्को कुरा, चूरोटमा गाँजा हालेर मजाले तान्नु उनको गायन जत्तिकै शोख थियो । बडोदामा विशेषगरी, पाठशालामा चूरोट पिउनु अपराध नै ठानिन्थ्यो । तलतल लाग्ने बित्तिकै उनी शौचालयमा शौचको बहानामा गाँजा र चूरोटको सर्को तान्थे । तर पछि गुरुहरुलाई पनि शंका लाग्न थालेपछि शौच पुग्न पाएको छैन, जासूसहरु आइपुगिहाल्ने । उनले बरोडामा सङ्गीत छोड्नुको मुख्य कारण यही थियो( मजाले चूरोटसँग गाँजा तान्न पाइँदैनथ्यो । धेरै केरकार हुन थालेपछि उनले पर्ढाई त्यागे र सीधै नगेन्द्र थापाकहाँ दार्जिलिङ पुगे । दार्जिलिङ पुग्नुको अर्को कारण चाहिँ सुकियापोखरीकी सुकन्या पेमाला थिइन् ।
पेमालालाई पहिलो पटक हेर्न उनी सन् १९६५ मा दार्जिलिङ गए । यसैबेला गोपाल योञ्जनसँग उनी पनि निकै नजिकिए । थोरै दिनका लागि आएका नारायण त्यहाँ पुग्दा नगेन्द्र थापाले पेमालासँग पहिलो पटक भेट गराइदिए । शुरुमा त पेमालाले नगेन्द्रलाई नारायण ठानेर अनौठो व्यवहार देखाइन् तर पछि नगेन्द्रले म नारायण होइन, ऊः पर छ भनेर देखाएपछि भने हाँसोको फोहोरा छुट्यो । त्यो बेला दुइ जनाको रोमाञ्चक भेटघाट हेर्न लायक् थियो । नारायण, गोपाल, नगेन्द्र र पेमाला नजिकैको सिमाना डाँडामा बसेर नारायणले पेमालाको अनुरोधमा “यो मौसम यो हरियाली” गीत गाए ।
यही बेला हो, नारायणगोपाल र गोपाल योञ्जनले मीत लगाएको । दार्जिलिङ बसाईकै क्रममा इश्वर बल्लभ, नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा, डा। गम्भीर योञ्जनसहित महाँकाल डाँडोमा मीत लगाउने कार्य सम्पन्न भयो । अँगेटी बालेर्रर् इश्वर बल्लभले केही पढे र दुवै आजदेखि मीत भयौ भनी मीत लगाइदिए ।
कल्पनाका उडन्ते कुरा गर्नु, जोक् गर्नु, खाना बनाउनु उनका अचम्मका शोख थिए । मेथीको अचार, बोसो भएको मासु, हलुवा, गुँदपाक, जेरी आदि शानदार ढङ्गले खाने उनको शोख थियो । खानुलाई उनी ‘भत्काउनु पर्छ’ भन्थे । खेलकूदमा फूटबल उनको सबैभन्दा मनपर्ने खेल थियो र उनी जीवित रहुञ्जेल काठमाडौँमा भएका फूटबल म्याच शायदै छुटे होलान् । चेस र तासको पप्लु खेलमा उनलाई विशेष प्रेम थियो ।
मीत लगाएपछि दुवैको शानदार मितज्यू नाइट सम्पन्न भयो । काठमाडौँदेखि दार्जिलिङसम्म एउटा भव्य टूरको आयोजना भएको थियो । यही कार्यक्रमको सिलसिलामा बिराटनगरस्थित नगेन्द्र थापाको घरमा बसाइँ बस्दा नारायणगोपाल र गोपाल योञ्जनले अनौठो नाम पाएका थिए । नारायणलाई घिऊकुमार र गोपाललाई खोर्सानीकुमार नाम नगेन्द्र थापाकी आमाले राखिदिनु भएको थियो । त्यहाँ बसाईको क्रममा नारायणले घिऊ निकै स्वाद लिएर खाए भने गोपालले थपिथपि खोर्सानी खाइदिए ।
यसपछि उनीहरुको बिहे भयो । बिहेपछि उनलाई किलागलस्थित घर ल्याइएन । त्यसबेला निकै लोकप्रिय भइसकेका हुनाले उनलाई सहयोग गर्न पोखरामा केही साथीहरु तत्पर थिए । तत्पर साथीमध्ये भूपि शेरचन र अन्य । पेमालालाई एउटा स्कूलमा जागीर पहिले नै खोजिसकिएको थियो । नारायण भने त्यसबेला सङ्गीतमै बढी रमाए । तर करिब सात आठ महिना त्यहाँ बसिसकेपछि नारायणलाई पोखराको वातावरणमा आफूलाई प्रतिकूल ठान्न थाले । यसपछि प्रेमध्वजलाई आफ्ना लागि केही जागीर खोजिदिन अनुरोध गरे । प्रेमध्वजले पनि माणिकरत्नलाई भनेर माणिकरत्नका साथी कन्हैया तिमिल्सिनालाई भनियो । कन्हैयाका काका त्यसबेला सांस्कृतिक संस्थानका सहायक महाप्रबन्धक थिए । यसपछि नारायणले नाचघरमा जागीर पाए र पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् । यहीँको जागीरको पैसा जोगाएर दुइ प्राणीले महाराजगञ्जस्थित तत्कालिन भूतबंगला छेउ तीन रोपनी जग्गा किने ।
यसपछि उनी निकै लोकप्रिय पनि अति लोकप्रिय भए ।
बि।सं। २०३६ सालपछि नेपाली राजनीतिक घटनाक्रममा केही परिवर्तन देखापरे । देशमा जनमत सङ्ग्रह घोषणा भयो र सुर्यबहादुर थापा प्रधानमन्त्री बनाइए । सुर्यबहादुर थापाका भाइ नगेन्द्र थापाले यो अवसरलाई त्यत्तिकै खाली जान दिएनन् र नारायण गोपाललाई नाचघरको महाप्रबन्धक बनाइदिए ।
महाप्रबन्धक बनेपछि केही सङ्गीतकर्मीको भनाइअनुसार उनी अलि बढी नै असहिष्णु बन्न थाले । माणिकरत्न उनका लगौँटी साथी थिए, तर उनको महाप्रबन्धकीय पालामा माणिकरत्नले नाचघरबाट हात धुनु पर्यो । नारायणले भन्ने गर्थे( “साथी महाप्रबन्धक भयो भन्दैमा बिहान १० बजे हाजीर बजाएर गायब हुने अनि एकै पटक हप्तौँपछि टुप्लुक्क देखा पर्ने, यो त भएन नि १”
यी महान् गायकहरुमा पछि यति तीतो बढ्यो कि एकअर्काको नामसमेत सुन्न चाहदैनथे ।
नारायणगोपाल नाचघरका एक पालेलाई लिएर साँझसाँझ पिउन बस्थे र सोध्थे( “ए भन्त, माणिकरत्न ठूलो गायक कि म ।”
“कहाँ मलद्वार कहाँ हरिद्वार १ यस्तो पनि तुलना हुन्छ रु गाउन त माणिकरत्न तपाईँभन्दा कहाँ हो कहाँ राम्रो नि १” पालेको र्सकाउने उत्तर हुन्थ्यो र नारायणले उसलाई परसम्म खेद्थे ।
यसभन्दा अघि तारादेवीसँग पनि नराम्रो झगडा परेको थियो । उनीहरुले कैयौँ गीत एकअर्कासँग नबोलीनबोली नै गाएका छन् । “ए कान्छा ठट्टैमा‘” गाउँदा पनि यी दुइबीच बोलीचाली थिएन । तारादेवीलाई पछिसम्म पनि नारायणगोपालसँग अन्तिम अवस्थासम्म बोलचाल हुन नपाएकोमा ठूलो खेद थियो । दुवैबीच बिना कुनै ठूलो कारण बोलचाल बन्द भएको थियो र कसैले पनि त्यो बोलचाल खोल्न चासो देखाएनन् ।
खानमा कति शौखिन थिए भने, उनलाई डाक्टरले गुलियो पदार्थ खान प्रतिबन्ध लगाइसकेका थिए । न्युरोड आउने काम पर्ने बित्तिकै मोटरसाइकलमा पेमालालाई परै राखेर आधा किलो गुँदपाक एकै बुजोमा सिध्याएर मात्र घरतिर लाग्थे ।
लोकप्रियताको शिखर चुम्न थालेपछि भने नारायण केही अभ्याक्रामी ९एग्रेसिभ० हुन थालेका थिए । पहलमान शरीर र पहलमानी सिकेका कारण पनि कसैलाई त उनी चुट्नसम्म अघि र्सर्थे । त्यसैले साथीहरुबीच उनी ‘असनको साँढे’ उपनामबाट पनि परिचित थिए । विशेष गरी साँझतिर केही पिइसकेपछि उनमा यो भावना बढी जाग्दथ्यो । बाहिर उनले यति पिउँथे कि आजीत भएर पेमालाले घरमा नै जाँड बनाउन शुरु गरेकी थिइन्, ताकि नारायण बाहिरतिर गएर नखाऊन्, खाए पनि आफ्नै अघिल्तिर खाऊन् ।
उनी चूरोट यत्ति पिउँथे कि एक दिनमा ४० वटा चूरोट सकिन्थ्यो । पछि विरामी पर्न थालेपछि रक्सी छाडे पनि दिनमा २५ वटा चूरोट त आहार हुन्थ्यो नै १
नारायणलाई खाना तात्तातो खानु पर्दथ्यो । तात्तातो खाना खाएर पसिनापसिना हुनु उनको अर्को शोख थियो ।
नारायणगोपालको कुनै पनि सन्तान भएनन् । किनभने पहिलो पटक पेमाला गर्भवती हुँदा पहिलो बच्चा पाठेघरको देब्रेतिर हुर्कन थाल्यो । जबकि बच्चा बच्चादानीमा हुर्कनु पर्ने थियो । अप्रेसन गरेर बच्चालाई फ्याल्नु पर्दथ्यो । “मलाई पेमालाभन्दा बच्चा प्यारो छैन”, भनेर उनले बच्चा फ्याले र यसपछि उनीहरु जीवनभर सन्तानविहीन बन्नु पर्यो ।
नारायणगोपाललाई अभिनयको शोख थियो भने उनी आफ्ना मनपर्दा साथीसँग भेट हुँदा शुरुमा आँखा झिम्क्याउँथे । नारायणगोपाल ईर्ष्यालु यदि कोहीसँग थिए भने प्रेमध्वज प्रधानसँग थिए । उनले फागुन १३ गते, २०४० सालको गोरखापत्रमा दिएको अन्तरवार्तामा त्यो कुरा व्यक्त गरेका छन् ।
२०४७ साल कात्तिक १८ गते वीर अस्पतालमा रोगले च्यापेपछि भर्ना भएका नारायणगोपालको मृत्युको कारण चाहिँ उनको मुख नै रहन गयो । डाक्टरले खान प्रतिबन्ध लगाएका भोजनहरु पनि उनी साथीहरुसँग झगडा गरीगरी खाइदिन्थे ।
उनको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो । उनको मृत्युमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत थुप्रै राजनेता, कलाकर्मीहरुको उपस्थिति थियो । र, उनको लाश जलाउने बेलामा जति जनताहरु उपस्थित थिए, त्यो उपस्थिति कुनै कलाकारको मृत्युमा भएको उपस्थितिको एउटा रेकर्ड थियो । अनुमान अनुसार १० हजारभन्दा बढी श्रोता उनलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट पुगेका थिए ।
जीवनभर लगभग ५०० गीत गाएका नारायण गोपालको जीवनकालमा भने जम्मा दुइ वटा गीति एल्बम मात्र बजारमा आए( रत्न रेकर्डिङ संस्थानबाट ‘ब्लु नोट’ र म्युजिक नेपालबाट ‘गीति यात्रा भाग(१’ ।
पुरस्कार तथा सम्मान
२०२३ साल सर्वोत्तम सङ्गीतकार, रेडियो नेपाल
२०२४ साल सर्वोत्तम गायक, रेडियो नेपाल
२०२९ साल रत्न रेकर्ड पुरस्कार – एल्बम ‘ब्लु नोट’ का लागि, रत्न रेकर्डिङ संस्थान
२०३३ साल गोदबा चौथो
२०४० साल इन्द्र राज्य लक्ष्मी प्रज्ञा पुरस्कार, ने।रा।प्र।प्र।
२०४४ साल छिन्नलता पुरस्कार
२०४५ साल जगदम्बा श्री पुरस्कार, मदन पुरस्कार गुठी
२०४७ साल त्रिशक्ति पट्ट, तेस्रो

मर्मतको पर्खाईमा मेरापिक मार्ग

विवश कुलुङ
सोलुखुम्बुमा रहेका पिकहरुमध्ये सबैभन्दा बढि आम्दानी गर्ने पिकको रुपमा परिचित मेरापिकबाट राज्यले बर्षेणी धेरै राजश्व प्राप्त गरिरहेकोछ । बिभिन्न ट्रेकिङ कम्पनीहरुले सो पिकमा पर्यटकहरु पु¥याएर धेरै कमाएका छन् । तर त्यही पिक जाने बाटो भने जिर्ण बन्दै गएकोछ ।
     जिल्लाको वाकुको सिबुचेदेखि कोठे हुँदै मेरापिकसम्मको मुख्य पर्यटन मार्ग जीर्णबन्दै जान थालेपछि अहिले त्यहाँका पर्यटन व्यवसायी तथा पर्यटकहरु समेत चिन्तित बन्न थालेकाछन् । निर्माण भएको एक दशक बितिसक्दा समेत मर्मत तर्फ कसैको ध्यान नजाँदा पर्यटन मार्ग जीर्णबन्दै गएको हो । पासाङ ल्हमु सिबुचे–मेरापिक पर्यन मुख्य मार्ग नाम दिइएको पदमार्ग मर्मत नहुँदा ठाउँ–ठाउँमा भत्किनुका साथै पहिरोले बाटो अवरुद्ध भएको पदयात्रीहरु बताउँछन् । त्यस बाटो हिड्ने पदयात्रीहरुका अनुसार कुनै ठाउँमा बाटो साँघुरो भएका कारण दुईतर्फी हिँड्न सकिने अवस्था छैन । 
     पर्यटकको भारी बोकेर हिँडिरहेका गुदेलमा निरमान् कुलुङले भन्नुभयो “भर्खर निर्माण गर्दा त बाटो निकै सजिलो भएको थियो तर आजभोली त हिड्दा पनि ज्यान जोगाउन मुस्किलपर्छ” । विसं २०५७ मा निर्माण सम्पन्न भएको उक्त बाटो हालसम्म मर्मत भएको थाहा नभएको सिबुेचका सोनाम शेर्पाले बताउनुभयो । विसं २०५५ देखि तीन वर्ष लगाएर वाकुको सिबुचेदेखि मेरापिकसम्मको पर्यटन मार्गकोे निर्माण गरिएको थियो । कुल १९.२५० किलोमिटर लामो पर्यटन मार्ग अहिले े जिर्ण बन्दै गएको कारण बाटो हिड्न समस्या आएकोछ ।
     पिके पिक ट्रेकिङ प्रालिका बुद्धिबहादुर तामाङ भन्नुहुन्छ “कुनै कुनै ठाउँ यस्तो हुन्छ कि बिहान हिँडेको स्थान र बेलुकी वास बस्ने स्थानको उचाइ दुई हजारकै फरक पर्छ यसो हुँदा पर्यकले लेक पचाउन सक्दैनन् र बिरामी हुन्छन्, तर यहाँ त बिहान र बेलुकीको उचाइको अन्तर करिब १०० मिटरमात्र हुन्छ” ।
     पर्यकहरुका लागि मेरा पिक जान उपयुक्त पदमार्गको मर्मत नहुँदा समस्या भएकोले यस बाटोमा राज्यको दृष्टि पुग्नुपर्ने स्थानीयवासीको माग छ । अन्तराष्ट्रिय स्तरमा परिचित र धेरै पर्यटकहरु हिड्ने तथा राज्यलाई धेरै आम्दानी दिईरहेको मेरापिक पुग्ने सो मार्ग तत्कालै मर्मत गर्नुपर्ने स्थानीय ङवाङ ल्हाक्पा शेर्पा बताउनुहुन्छ ।  शेर्पा भन्नुहुन्छ “स्थानीय स्तरमा श्रमदानबाट सम्भव भए हामी राज्यसँग गुहार माग्दैन थियौँ, तर हाम्रो प्रयास मात्र सम्भव छैन, राज्यको लगानी पनि चाहिन्छ” उहाँका अनुसार मेरापिकबाट बर्सेनि सङकलन हुने आरोहण शुल्कको केही प्रतिशत मात्र यस भेगको मर्मत संभारका लागि लगानी गरेमा मर्मतकै लागि दाता वा सरकारको मुख ताकिरहनु पर्दैन । 

सोलुखुम्बुको पर्यटन तीन गाविसमा मात्र सिमित

विवश कुलुङ,
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरु मध्ये करीब वार्षिक ३० हजार पर्यटकले  सोलुखुम्बुको भ्रमण गरेको हुन्छ ।  विश्व सम्पदा सूचीमा समेत सुचीकृत विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुको नाम झट्ट सुन्ने जो कोहीलाई लाग्न सक्छ यो पर्यटकीय जिल्ला हो र यसको सबै भुभागमा पर्यटन विस्तार समान ढंगले भईरहेको छ । तर यथार्थ ठीक उल्टो छ, सोलुखुम्बु जिल्लामा प्रवेश गर्ने पर्यटकहरु मध्ये ९९ प्रतिशत पर्यटक जिल्लाको तीन गाविसमा मात्र पुग्ने गर्दछन् ।
कुल ३४ वटा गाविस रहेको सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेका गाविसहरु चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा मात्र जिल्लाको पर्यटन सीमित हुदा तल्लो क्षेत्रका व्यवशायीहरुको व्यवशाय फस्टाउन  सकेको छैन । अझ सोलुखुम्बुको तल्लो क्षेत्रका गाविसमा बाह्य पर्यटक आईहालेमा सोलुखुम्बुका स्थानीयहरु रमिता हेर्न झुम्मीने गर्दछन् कारण हो तल्लो क्षेत्रमा आउने पर्यटकको संख्या न्युन हुनु । 
यसरी सोलुखुम्बु भित्रिएका पर्यटकहरु ३ गाविसमा मात्र सिमित हुदा तल्लो क्षेत्रका व्यवशायीहरुलाई धेरै मर्का भईरहेको छ । 
अधिकांश पर्यटकहरु हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न आउँछन्, यसका लागि हवाई मार्गबाट लुक्ला विमानस्थलमा ओर्लन्छन् त्यसैले पनि पर्यटनको विकास यी तीन गाविसमा मात्र भएको हो । सोलुखुम्बुको चौरीखर्क, नाम्चे र खुम्जुङमा मात्र सिमित हुदा तल्लो क्षेत्रका व्यवशायीलाई पर्यटनको सिजन हो भन्ने समेत थाहा नभएको सल्लेरीका व्यवशायी गेहेन्द्र कुमार श्रेष्ठको भनाई छ । 
जिल्लाको अन्य गाविसमा भएका पर्यटकीय सम्भावनाहरुलाई प्रचारप्रसार गर्न नसक्दा अन्य गाविसहरु पर्यटकीय दृष्टिकोणबाट ओझेलमा परेकोले तल्लो क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्नको लागि जिल्ला विकास समिति, राजनितिक दल तथा सरोकारवालाले चासो दिनु पर्ने अर्काे व्यवशायी   छिन्डी ल्हमु शेर्पा बताउनु हुन्छ । 
सोलुखुम्बु जिल्लामा आउने अधिकांश पर्यटक तीन वटा गाविसमा मात्र खुम्चिंदा पर्यटकबाट पाउनुपर्ने लाभ पनि ३ गाविसमा नै खुम्चिएको छ । जिल्लाको तीन गाविसमा मात्र केन्द्रीकृत पर्यटकले धनी र गरीब बीचको खाडललाई समेत ठूलो बनाएको छ । तल्लो क्षेत्रमा फाट्टफुट्ट मात्र देखिने गरेको सल्लेरीमा होटल व्यवशाय गर्दै आउनु भएका बुङका शुशिल कुमार राईको भनाई छ । 
सोलुखुम्बुको तल्लो क्षेत्रमा पनि त्यतिकै सास्कृतिक सम्पदा, धार्मिक पर्यटनको सम्भावना रहेको भएपनि पर्यटकलाई भित्र्याउन नसकेको हो भने सोलुखुम्बुको कृषि व्यवशायलाई केहि सुधार गर्न सकेमा पनि पर्यटक भित्रिन्छ ।  त्यसैले जिल्लाको समग्र विकासलाई जोड दिने निमित्त स्थानीय विकास अधिकारी राजेन्द्र केसीको भनाई छ  । उहाका अनुसार विकासको पुर्वाधार राम्रो भएमा पर्यटकको संख्या बृद्धि गर्न सकिन्छ । त्यसैले जिल्लाको समग्र विकासमा जिल्ला विकास समिति लागि गरेको छ उहाको भनाई छ ।  
सोलुखुम्बु जिल्ला एक भए पनि यहाको वातावरण, भौगोलिकता र पर्यटनलाई हेर्दा तल्लो सोलुमा बस्ने नागरिकको जीवनशैली र माथिल्लो सोलुमा बस्ने नागरिकको जीवनशैलीमामा धेरै फरक पाईन्छ । समग्र जिल्लाको आयस्तर बढाउन तल्लो क्षेत्रमा पर्यटकीय संभावना खोज्नुको साथै आयआर्जनका अन्य उपायहरु पनि खोज्नुपर्छ ।


महाकवि लक्ष्मी प्रसाद देपकोटा

जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रूपमा मासिक १५ रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव। एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए ! यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारसिमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन ! उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के ?

७१ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ। खासमा उनीहरूबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ।

त्यति बेला शाकुन्तलको उठान थियो:

तिमी त नास्तिक बनिसकेछौ

खुलस्त आत्मा नबन्न सक्छौ।

पुष्करको भनाइ थियो, पण्डितहरूसँग कुरा भएर लेख्न बसेको हुनाले वाणिर्क छन्दमै त्यो लेखिनुपथ्र्यो। तर, देवकोटाले वाणिर्क र मात्रिक छन्दलाई मिलाएर तीन महिनाभित्रै शाकुन्तलजस्तो उत्कृष्ट महाकाव्यको रचना गरसिकेका रहेछन्। पुष्करको अडानप्रति देवकोटाले तत्काल कुनै प्रतिक्रिया जनाएनन्। तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। देवकोटाको पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति बेला समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले दाजुकै अगाडि देवकोटाको तारपिm गर्दै भनेछन्, 'बडो राम्रो छ।'

पुष्करले सोचेछन्, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने। उनले देवकोटालाई त्यहीँ हपारेछन्, 'बाजे ! मैले हुन्न भन्दाभन्दै भाइका अगाडि मेरो मानमर्दन गर्न खोज्ने ?' देवकोटा यस्ता कुरामा हतपती प्रतिक्रिया जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको 'बाजे' शब्द पि्रय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, 'म टपरे बाहुन होइन।' यति भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्, 'त्यसो भए तिम्रो मान्छे के गर्छन् ?'

हालै ९० वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, "पुष्करशमशेरको इसारा मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।" भनिदिएछन्, 'यहीँ बस्छन्।'

विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परष्िाद्को जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रूप लियो। कुरा पुग्यो, शिक्षा विभागका डाइरेक्टर शारदाशमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परष्िाद् शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई तुरुन्त डाके। र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ।

१० दिनमै महाकाव्य

शिक्षा विभागको डाइरेक्टरले बोलिसकेपछि अरूले के भन्ने ? त्यसपछि अंग्रेजी भाषाका प्रकाण्ड विद्वान् पुष्करले मिलापत्र गर्ने हिसाबले भने, 'मैले होच्याउने हिसाबले बाजे भनेको होइन। ब्लड प्रेसरको बिरामी छु। त्यसैको कारण निस् िकयो होला।' मिलापत्रपछि देवकोटा पुनः जागिरमा फर्किए। तर, देवकोटाको मनमा बाजे शब्द यति गहिरोसँग गाढिएछ कि लगत्तै उनले पुष्करशमशेरसँग अर्को महाकाव्य लेख्न अनुमति मागे। "त्यति बेला पुष्करले एक महिनामा लेख्न सक्छौ भनेर देवकोटाको महत्त्वाकांक्षा जगाइ दिनुभयो," श्यामदास भन्छन्। तर, देवकोटाले १० दिनभित्रै सुलोचना महाकाव्य लेखिदिए। र, त्यसका दुई पात्रमध्ये एउटा पुष्करलाई नै बनाए। "पुष्करलाई नै सुलोचनाको एउटा पात्र बनाएर उहाँले बाजे भनेर होच्याइएको त्यो घटनाको उत्तर दिनुभयो," श्यामदास भन्छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटामा लेखनको विलक्षण प्रतिभा त छँदै थियो तर उनको व्यक्तित्व पनि सामान्य थिएन। वरिष्ठ साहित्यकार मदनमणि दीक्षित यस्तै एउटा घटनाका भुक्तभोगी हुन्। मदनमणिकी दिदी विमलको विवाह देवको टाका भाइ मित्रनाथसँग भएको थियो। उनी ००२ सालमा भारतको बनारसबाट एमए गरेर नेपालमा रहेका आफ्ना ठूलाबडासँग आशीर्वाद थाप्न आउँदा डिल्लीबजारस्थित देवकोटाकै घरमा बसेका थिए। त्यति बेला भिनाजु मित्रनाथले दाजु लक्ष्मीप्रसादलाई परचिय गराउँदै भनेछन्, 'दाजु यिनी मेरा साला मदनमणि हुन्। भर्खरै एमए पास गरेर आएका।' त्यति बेला देवकोटा पासा खेल्न मग्न थिए। मुखमा तम्बाखुको पाइप चपाइरहेका। आफ्नै सुरमा मस्त। झस्किएझैँ एक्कासि सोधेछन्, 'ए मदन ! एमए पास गरेको ?' त्यसपछि धूवाँको मुस्लो धुरीमाथि फुक्दै एउटा प्रश्न सोधेछन्, 'तिमी भेडा बन्न सक्छौ ?' मदनलाई देवकोटाको त्यो प्रश्न उटपट्याङ लागेछ। "मलाई सुरुमा होच्याएजस्तो भान भयो। भिनाजुजस्तो मान्छे के बोल्नू ?" मदनमणि सम्झन्छन्, "त्यही पनि उत्तर दिएँ, भेडाको मासु त खाएको छैन।"

काठमाडौँको १० दिने बसाइ सकेपछि मदनमणि बनारस फर्किए। बनारसको ठूला गल्लीमा त्यति बेला स्थानीय कुस्तीबाजहरू आफ्नो बल प्रदर्शन गर्न हातमा पिर्का बोक्थे र भेडाको सिङलाई घचेटेर पछाडिसम्म पुर्‍याउँथे। त्यो भेडा दौडिएर फेर िकुस्तीबाजको पिर्कामा ठोकिन नआउँदासम्म यो क्रिया अनवरत चलिरहन्थ्यो। बनारसमा मदनमणि यस्तै एक साँझ टहलिरहेका बेला एउटा भेडा दौडिँदै आएर कुस्तीबाजले बोकेको पिर्कामा बजारयिो। पिर्कामा ठोकिँदा भेडाको सिङबाट आगोको झिल्को निस्किएको देखेपछि झल्यास्स भएछन्, महाकविले भन्न खोजेको कुरा। "यो पो रहेछ, पढेर के गर्छौ? क्रान्तिकारी बन्न सक्छौ ? कति गहिरो कुरा गर्नुभएको रहेछ। हाम्रो बुद्धिले सोच्न के भ्याउनू?" आउँदो फागुनमा ९४ वर्ष प्रवेश गर्न लागेका मदनमणि भन्छन्।

विलक्षण प्रतिभा

डिल्लीबजारका नृपेन्द्रसिंह केसी अहिले पनि एउटा घटना सम्झेर चमत्कृत हुन्छन्। केसीका पिताजी सुब्बा वीरेन्द्रसिंह र देवकोटाका ठूला दाजु लेखनाथ मिल्ने साथी थिए। फेर िघर नजिकै। त्यसैले उनको पनि देवकोटाको घरमा आवतजावत भइरहन्थ्यो। तर, विद्वताका कारण देवकोटासँग बोल्ने आँटचाहिँ आउँदैन्थ्यो। तर, एकदिन डिल्लीबजारस्थित पीपलबोटमा साइकलको पन्चर टाल्न जाने क्रममा जम्काभेट भयो, देवकोटासँग। उनी पनि त्यहाँ पन्चर टाल्न दे वकोटाभन्दा अगाडि पुगेका रहेछन्। तर, देवकोटा आएपछि उनले आफ्नो पालो छोडिदिए। देवकोटाले आफ्नो साइकलको पन्चर टालेको एकटकले हेर्दाहेर्दै दुईवटा चुरोट तानिसिध्याए। उनले नृपेन्द्रलाई प्रश्न गरेछन्, 'काजीले साइन्स पढेको होइन ?' त्यति बेला नृपेन्द्र आईएस्सी पढ्थे। केही हच्किँदै मुन्टो हल्लाएछन्।

त्यत्तिकैमा देवकोटाले अर्को प्रश्न छोपिहाले, 'तिमीलाई थाहा छ, पृथ्वी एन्टी क्लक घुम्यो भने के हुन्छ ?' "मैले अहिलेसम्म त्यसको उत्तर भेटेको छुइनँ," ८० वषर्ीय नृपेन्द्र भन्छन्, "उहाँ टायर बनाएको हेर्दाहेर्दै कति गहिराइमा डुबिसक्नुभएको रहेछ।"

नेपाली कांग्रेसका पुराना नेता रामहरि जोशी पनि महाकविको विलक्षण प्रतिभाको विषयमा राम्रै जानकार छन्। राणा शासनलाई चुनौती दिने उद्देश्यस्वरूप ००३ सालमा नेपाली कांग्रेस देवकोटालाई भारतको बनारस पुर्‍याउन सफल भयो। यसपछि काठमाडौँमा खैलाबैला मच्चियो। किनभने, काठमाडौँमा राणाजीका प्रायः सबै छोराछोरी अध्ययनका लागि देवकोटाको घर धाउँथे। त्यति बेला काठमाडौँमा एउटा भनाइ निकै प्रचलित थियो, जसले देवकोटासँग पढ्छ, त्यो फेल हुन सक्दैन। बनारसमा देवकोटाले नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन गरे। त्यो पत्रिका कृष्णप्रसाद भट्टराईका भाइ गोपालप्रसादले निकाल्थे। त्यति बेला जीविकोपार्जनका लागि देवकोटा बनारसबाट प्रकाशित हुने अर्को साहित्यिक पत्रिका उदयको प्रुफ पनि हेरििदन्थे। "यसबापत पिताजी -काशीप्रसाद श्रेष्ठ)ले उहाँलाई २५ पैसा दिनुहुन्थ्यो," अहिले पनि बनारसबाट निस्किरहेको उदय पत्रिकाका सम्पादक दुर्गाप्रसाद श्रेष्ठ भन्छन्। ७६ वषर्ीय श्रेष्ठ देवको टालाई 'भर्सटाइल' र मुडी भन्न रुचाउँछन्। भन्छन्, "मन लागे बोल्ने, नभए नबोल्ने। कविता फुर्‍यो कि सुनाइहाल्नुपर्ने।"

देवकोटा बनारसमै हुँदा कोलकाता पढ्न बसेका जोशीलगायत नेपाली विद्यार्थीले ००५ सालमा सम्मानका लागि उनलाई बोलाएका थिए। कोलकाताको कलेज स्टि्रटस्थित महाबोधि सोसाइटीको हलमा महाकविलाई अभिनन्दन गर्दा हिन्दी र बंगालीका साहित्यकारको पनि उपस्थिति थियो। जोशी त्यो घटना अहिले पनि सम्झन्छन्, "उहाँले अंग्रेजी कविता तामाङ सेलो लयमा सुनाएर सबैलाई चकित पार्नुभयो।" देवकोटा एक महिना कोलकाता बसे। यहीँ देवकोटाका विद्यार्थी देवेन्द्रराज उपाध्यायले महात्मा गान्धीको बरखीमा उनलाई अंग्रेजीमा केही सानेट लेख्न आग्रह गरेका थिए। जुन पछि मुम्बईको ब्लिट्ज साप्ताहिकमा छापियो। कोलकातामै बस्दा देवकोटाले 'आँसु' कविता पनि लेखे। त्यो कविता पनि उपाध्यायकै अनुरोधमा देवकोटाले मुखैले भनेका थिए। कागजमा उतार्ने काम भने जोशीले गरे। पछि पारसमणि प्रधानको सम्पादकत्वमा दार्जीलिङबाट प्रकाशित हुने भारतीमा छापियो। "उहाँलाई खालि विषय मात्र चाहिन्थ्यो। त्यसपछि धाराप्रवाह आउने। रोकिनै गाह्रो," जोशी भन्छन्।

देवकोटाको लेखनशैलीको विषयमा सबैभन्दा भुक्तभोगी उनकै परविार हो। "१२ बजे खाना खानु छ भने ९ बजे पका भन्ने। तर, उठ्दै नउठ्ने," देवकोटाकी ७१ वषर्ीया माइली छोरी अम्बिका रमिाल पुरानो कुरा सम्झन्छिन्, "आमाले कलम खोस्दे भन्ने। बहिनी मीरा र म जान्थ्यौँ। तर, कहाँ सक्ने ? कति बलियोसँग पक्डिने।"

देवकोटाको अर्को रोचक पक्ष भनेको उनी हार्मोनियममा उत्त्ािकै राग हाल्न सक्थे। "बुबाको स्वर केटीको जस्तो सुरलिो हुन्थ्यो। यसैले हाम्रो घरमा साहित्यकारको मात्र होइन, उस्तादको पनि जमघट रहन्थ्यो। कहिलेकाहीँ नातिकाजी पनि आएको सम्झन्छु," अम्बिका भन्छिन्।

देवकोटा जुवाका पनि सोखिन थिए। यस्तै, एकपल्ट छक्का दाउ खेल्दा देवकोटाले खुब पैसा जितेका थिए। तर, त्यहीँ बस्ने अरूले जितौरी मागेछन्। सबैलाई जितौरी दिँदादिँदै घर फकिर्ंदा फेर िखल्ती रत्तिो। "बुबाले जुवा जितेको घटना पनि आमालाई रमाइलो पाराले सुनाउनुभयो। तर, पैसा माग्दा उत्तर आयो, सबैलाई जिताह दिएँ," जेठी छोरी सावित्री रेग्मी भन्छिन्। ८७ वषर्ीया सावित्री आफ्ना पितामा बालबच्चाहरूप्रति अगाध स्नेह रहेको सुनाउँछिन्। भन्छिन्, "उहाँ कुनै पनि बच्चा निन्याउरो अनुहार लगाएर बसेको हेर्न सक्नुहुन्थेन।"

गाईलाई तीन खर्पन काउली

देवकोटा मानिसलाई मात्र होइन, पशुलाई पनि उत्तिकै आदरभावले हेर्थे। एकपल्ट त तीन खर्पन काउली बोकेर घर पुगेछन्। त्यत्रो तरकारी देखेर अत्तालिएकी पत्नी मनदेवीले भनिछिन्, 'किन यत्रो काउली ल्याएको ?' अहिले पनि त्यो घटना सम्झँदा हाँस्ने अम्बिका भन्छिन्, "बुबा उल्टै रसिाउनुभयो, तिमीहरूलाई मात्र मीठो खान मन लाग्छ ? गाईलाई लाग्दैन भनेर।"

देवकोटासँग ००२ सालमा पनि यस्तै घटना दोहोरएिको थियो। त्यति बेला उनी त्रिचन्द्र कलेजमा पढाउँथे। काठमाडौँका प्रायः सबैलाई थाहा हुन्थ्यो, देवकोटाको तलब आउने दिन। त्यसैले उनीसँग उधारो माग्नेदेखि पुरानो हिसाब चुक्ता गर्नेहरूको लर्को नै लाग्थ्यो, बाटोमा। फेर िदेवकोटा कसैलाई नाइनास्ती गर्न नसक्ने ! यस्तैमा एकपल्ट देवकोटा कलेजबाट तलब थापेर घर र्फकंदै थिए। मैतीदेवीमा एउटा माग्नेले चार आना मागेछ। त्यति बेला बाटोमा पैसा बाँड ्दाबाँड्दै उनको खल्ती रििक्तसकेको पत्तै पाएनन्। यत्तिकैमा उनलाई झल्यास्स याद आएछ, साथीहरूले एक सय रुपियाँको नोट कोटको माथिल्लो खल्तीमा राखिदिएका छन्। वास्तवमा त्यो नोट उनको घरसम्म पुगोस् भन्ने हेतुले राखिएको थियो। तर, उनले त्यही नोट निकालेर त्यो माग्नेलाई दिन खोजे। उनीसँगै त्यति बेला कलेजकै अर्का साथी पनि थिए। उनले देवकोटाको हात ट्याप्प समाते। र, भने, सबै दिनुभयो भने छोराछोरीले के खान्छन् ?' तर, देवकोटा मान्नेवाला कहाँ थिए र ! उत्तर दिएछन्, 'मेरो परविारलाई भगवान्ले हेर्छ।' त्यही पनि साथीले माग्नेको आवश्यकता चार आना मात्र भएको बताउँदै देवकोटाको ध्यान अन्यत्र मोड्न खोजे। उनले यसका लागि आफैँले खुद्रा बनाएर ल्याउने समेत आग्रह गरे। तर, देवकोटाले मानेनन्। उनले आफ्नो उठिसकेको हात नफर्किने बताउँदै माग्नेलाई सय रुपियाँको नोट नै दिए।

"तर, घर फर्किएपछि बुबाले आमालाई भन्नुभयो, बज्यै ! छिमेकीसँग मागेर चलाउँदै गर्नू। म पछि तिरहिाल्छु नि !" अम्बिका सम्भिmन्छिन्।

समालोचक तारानाथ शर्माले ००९ सालमा दार्जीलिङस्थित दामोदर सदनमा देवकोटालाई भेटेको घटना अहिलेसम्म बिर्सन सकेका छैनन्। त्यति बेला उनी उतै स्कुल पढ्दै थिए। एकाबिहान दामोदर सदन पुग्दा महाकवि दाँत माझ्न व्यस्त थिए। तर, भेट्न आएको खबर सुनेपछि देवकोटा निकै खुसी भए। त्यो दिन सूर्यविक्रम ज्ञवालीलगायत त्यहाँ रहेका सबै साहित्यकारको घुम्ने कार्यक्रम तय थियो। तर, तारानाथलाई भेटेपछि महाकविले भनेछन्, 'तिमीहरू जाओ। कञ्चनजंघा हेर, पोताला हेर। म भोलिको नेपालसँग कुरा गर्न चाहन्छु।' "त्यसपछि मलाई झ्याम्म अँगालो हाल्नुभयो," देवकोटाले त्यति बेला सोधेको प्रश्न अझै याद गर्ने गरेका शर्मा भन्छन्, "मैले कवि बन्ने इच्छा बताएँ। तर, उहाँले भन्नुभयो, ओहो ! आगो बल्छ। नबन कवि। बरू इन्जिनियर बन।" त्यति बेला तारानाथको कापीमा देवकोटाले लेखेका रहेछन्:

कविता सविता मेरी 'ल बिता !'

'ल बिला !' भनेँ

त्यसैको प्रेमले जल्दै आगो आँसु दुवै बनेँ।

- लक्ष्मीप्रसाद देवकोटा

१४ अगस्ट १९५२।

निरो बाँसुरी बजाइरहेछ

उनी दार्जीलिङमै बसेर आईए पढ्दै गर्दा चौरस्तामा एउटा साहित्यिक समारोहको आयोजना भएको थियो। त्यति बेला महाकविको भाषण सुन्न सारा नेपाली त्यहीँ जम्मा भए। मन्तव्यका क्रममा महाकविले भने, 'रोम वाज बर्निङ, निरो वाज फिडलिङ -रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ।) यस्तै छ, हाम्रो देशमा।' यति बेला महाकविको नाकबाट सिँगान मात्र होइन, मुखबाट र्‍याल पनि झररिहेको थियो।

त्यो घटनाका प्रत्यक्षदर्शी तारानाथ भन्छन्, "भाषणको बीचैमा माइक आफूतर्फ गर्दै अर्का साहित्यकार धरणीधर कोइरालाले भने, दार्जीलिङले देउताजस्तै माने पनि यहाँको मौसमले उहाँलाई चिनेन। त्यसपछि उहाँले आफ्नो खल्तीबाट रुमाल झिकेर सिँगान र र्‍याल पुछिदिनुभयो। र, रुमाल फेर िखल्तीमा राख्नुभयो।"

महाकविको परिवार

लक्ष्मीप्रसाद देवकोटाका नौ जना छोराछोरीमध्ये हाल पाँच जीवित छन्। बाँकी चार जना बितिसके। सबैभन्दा जेठी छोरी सावित्री रेग्मी ८७ वर्षमा प्रवेश गरिसकेकी छन्। त्यसपछिको जेठो छोरा प्रकाश २२ वर्षमै बिते। देवकोटा उनको बिहे २५ वर्षमा गर्न चाहन्थे। तर, बिरामी भएको १२ घन्टाभित्रै बिते। उनको निधन देवकोटा ००७ सालअगाडि बनारसबाट फर्किएपछि भएको थियो। यसपछि जन्मिएकी छोरीको ६ महिना नबित्दै निमोनियाका कारण निधन भयो। अर्का छोरा कृष्ण १२ वर्षको उमेरमा टाइफाइडका कारण बिते। "बुबा बनारस जान ठीक पर्दा कृष्णले जुत्ता नै लुकाइदिएको थियो। तैपनि, रोकिनुभएन। पछि बुबा बनारसमै हुँदा उसको यहाँ निधन भयो," सावित्री भन्छिन्।

लक्ष्मीप्रसादले यी तीनै जना छोराछोरीको सम्झनामा 'मेरो तीन टुक्रा बच्चाहरू' भनेर लेखे। यसपछि जन्मिएकी थिइन्, माइली छोरी अम्बिका रिमाल। उनी हाल मैतीदेवीस्थित देवकोटाको घरनजिकै बस्छिन्। त्यसपछिकी मीरा देवकोटाको चार वर्षअघि पेटको क्यान्सरका कारण निधन भएको थियो। अर्की छोरी मुना घिमिरे पनि मैतीदेवीमै बस्छिन्। त्यसपछिका छोरा पदम देवकोटा त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी साहित्यका प्राध्यापक हुन्। कान्छा छोरा दीपक देवकोटा हाल अस्ट्रेलियामा छन्।

लक्ष्मीप्रसादकी दिदी लोकपि्रया जोशी पनि साहित्यकार थिइन्। उनी त्यति बेलै कविता लेख्थिन् र कवितामा भएको त्रुटि सच्याउन भाइ लक्ष्मीप्रसादकहाँ पठाउँथिन्। लोकपि्रया नेपालका गिनेचुनेका पुराना महिला लेखिकामध्ये पर्छिन्।

मासु र चुरोटका पारखी

लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा रोचक कुरा उनलाई मासु र चुरोट असाध्यै खानु पथ्र्यो। उनी एक हातले मासु खान्थे र अर्को हातले चुरोट पिउँथे। मासुको सन्दर्भमा साहित्यकार श्यामदास वैष्णवसँग अर्को रोचक प्रसंग पनि छ, देवको टाका बारेमा। २००० सालमा काठमाडौँमा ठूलो हिमपात पर्‍यो। यसका कारण सारा बजार बन्द थियो। तर, देवकोटालाई खुब मासु खान मन लागेछ। त्यति बेला दुवै नेपाल भाषानुवाद परष्िाद्मा काम गर्थे। देवकोटाको मासिक तलब थियो, ८० रुपियाँ। श्यामदासले नै डिल्लीबजारको ओरालोबाट एउटा मासु पसलेलाई फकाएर १० रुपियाँको मासु किनेर ल्याइदिए। सम्झन्छन्, "मैले मासु किनेर ल्याएको देखेर बज्यै -देवकोटापत्नी) आत्तिनुभयो। र, भन्न थाल्नुभयो, यस्तो मौसममा रूखको हाँगो भाच्चिएर मान्छे मररिहेका छन्। तपाईंले कसरी ल्याउनुभयो ?"

त्यो दिन मासु छाडेर गएका श्यामदास भोलिपल्ट बिहान देवकोटाको घर पुगेका थिए। उनी त्यति बेला छक्क परे, जब देवकोटाले मासु खाएर रातभरमिा २५-३० पेजको तयार भएको खण्डकाव्यको पाण्डुलिपि देखाए। "उहाँले राती नै तुषार वर्णन खण्डकाव्य लेख्नुभएछ," श्यामदास भन्छन्।

लक्ष्मीप्रसादका पिताजी पण्डित तिलमाधव देवकोटा पनि खानाका सोखिन थिए। त्यही गुण लक्ष्मीप्रसादमा सरेको हुन सक्ने वरष्िठ पत्रकार हरकिृष्ण श्रेष्ठ बताउँछन्। हरकिृष्ण १९९३ सालताका लक्ष्मीप्रसादकहाँ पढ्न जान्थे। लक्ष्मीप्रसादले स्कुल र कलेज पढ्दासम्म चुरोटमा हातै लगाएनन्। तर, सन् १९३० को दशकको मध्यमा बाबु र आमाको निधनले उनलाई स्तब्ध पारेको थियो। यसमा पनि एउटा छोरीको ६ महिनाको उमेरमै निधनले उनलाई विचलित तुल्यायो। त्यसपछि उनी चुरोटका अम्मली नै भए।

यसबीचमा अरू मान्छेभन्दा बेग्लै सोच्ने, एकोहोरनिे र गृहस्थ जीवनतर्फ त्यति ध्यान नदिने देवकोटालाई मानसिक सन्तुलन गुमायो कि भनेर उपचारका लागि उनका भाइ मधुसूदनले सन् १९३९ मा भारतको राँची पुर्‍याएका थिए। तर, उनको असाधारण क्षमताबाट परििचत मनोचिकित्सक वर्कले हिलले भनेछन्, 'पश्चिममा जन्मिनुपर्ने मान्छे। पूर्वमा जन्मिएछ।' पागल नभए पनि देवकोटा इलाजका लागि भनेर पाँच महिना राँचीमै बसे। त्यही बसाइमा उनले 'पागल' जस्तो शक्तिशाली कविता लेख्न भ्याए।