विवश कुलुङ राई /२०७२ असोज ९ गते
सोलुखुम्बुको खुम्बु क्षेत्र पर्यटकिय क्षेत्रको रुपमा कहलिएको क्षेत्र हो । त्यसैले वर्षेणी हजारौ पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गरेका छन् । भ्रमणमा निस्कने पर्यटकहरु समय समयमा हराउदै आएको खबर समेत आईरहेको छ । तर सोलुखुम्बुको खुम्बु क्षेत्र अर्थात पर्यटकिय सगरमाथा क्षेत्रमा हराएका पर्यटकहरुको अवस्था भने रहस्यमय रहेको छ । हराउनु मात्र रहस्यमय नभई हराएकोहरुको कुनै अत्तोपत्तो नहुनु झण आश्चर्य रहेको छ ।
सन् १९८० मा ५ हजार ७ सय ७० मिटर अग्लो खुम्बुयुल्ला पिक चढ्न गएका ५ जना जापानिज नागरिक हराएपछि जापानिज नागरिक खोज्न खुम्जुङका स्थानीयहरु उक्त क्षेत्रमा जादा खोज्न जाने समेत हराएपछि खुम्बुयुल्ला पिक चढ्न समेत छाडेका छन् । यसरी मानिस हराएपछि खुम्बुयुल्लालाई देवताको रुपमा शेर्पा सामुदायले मान्दै आएका छन् भने हिन्दु धर्म अनुसार पनि खुम्बुयुल्ला पर्वतलाई सुमेरु पर्वतको रुपमा मान्ने गरिएकोले पर्वतारोहण गर्दा देवताले नमान्ने भएकोले चढ्न गएकाहरु हराएको हुन सक्ने खुम्जुङका तेन्जिङ टसि शेर्पाको भनाई छ ।
त्यस्तै वि.सं २०६३ सालमा सगरमाथा प्रदुर्शन नियन्त्रण समितिका कर्मचारी जगत गिरी रातीको समयमा शौचालय जादा हराएको र हालसम्म कुनै अत्तोपत्तो नभएको सगरमाथा प्रदुर्शन नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपितन्द्र राई बताउनुहुन्छ “राती सुतेको साथी शौचालय गएको तर नआएपछि खोजी गर्दा कहि पनि भेटिएन, न त लाश भेटिनु न त सास भेटिनु, हराएको ८ वर्ष पुरा भईसक्यो कुनै अत्तोपत्तो छैन ।”
त्यस्तै यति मान्टेन होटलमा काम गर्दै आउनु भएका वाकु ९ की फुर्णिमा शेर्पा २०६९ सालमा हराउनु पनि उस्तै रहस्यमय रहेको छ । आफुले काम गरेको होटलमा आउने पर्यटकलाई स्वागत गर्न भने नाम्चेबाट करिव एक किलोमिटर तल तोपडाँडा भन्ने स्थानमा झरेर दुई जना अमेरिकन नागरिकलाई चिया खुवाएर होटल फर्केकी शेर्पाको हालसम्म कुनै अत्तोपत्तो छैन ।
वि.सं. २०६९ बैसाखमा नाम्चे घुम्न आएका बेलायती नागरिक जिसिमोस एलेक्जेन्डर सफ्लास हराएपछि ईलाका प्रहरी कार्यालय नाम्चेको खोजी कार्य अझै जारी रहेपनि कुनै अत्तोपत्तो नरहेको ईलाका प्रहरी कार्यलय नाम्चेका प्रहरी निरिक्षक रामकाजी थामीले बताउनु भयो । त्यस्तै वि.सं. २०७१ साल बैसाखमा खुम्जुङ ७ दिङबुजेबाट हराएका स्लोभाकियाका नागरिक थोमस प्रिङकेलको अवस्था पनि उस्तै रहेको छ । प्रहरी निरिक्षक थामी भन्नुहुन्छ“ हराएपछि कमसेकम लाश त पाउनु पर्ने हो नि तर खुम्बुमा हराएकाहरुको लाश भेटिएको कुनै तथ्याङ्क छैन ।”
गत २०७१ पुसमा नाम्चेबाट नै हराएका अमेरिकन नागरिक कोलिन स्क्यालर मेक्लेयरीको अवस्था पनि केहि पनि पत्तो छैन तर हालसम्म ईलाका प्रहरी कार्यालयले खोजी जारी राखेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
खुम्बु क्षेत्रमा जहिलेदेखि पर्यटकहरु आउन थाले त्यतिबेला देखि नै खुम्बु क्षेत्रमा पर्यटकहरु हराउदै आएको सुनिनमा आएको खुम्जुङका स्थानीय तेन्जिङ टसि शेर्पाको भनाई छ । तर सोलुखुम्बुको खुम्बु क्षेत्रमा कति पर्यटकहरु हराएका छन् प्रहरीसँग कुनै तथ्याङ्क नै छैन । खुम्बु क्षेत्रमा हराएकाको सँख्या एक सय भन्दा बढि पुगेको हुनसक्ने स्थानीयहरुका अुनमान पुगेको भएपनि प्रहरीसँग कुनै तथ्याङ्क नरहेको हो । “हराएकोहरुको खोजी कार्य मात्र जारी रहन्छ तर मुद्धा नचल्ने भएकोले तथ्याङ्क राख्ने चलन छैन”ईलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरिक्षक रामकाजी थामीका अनुसार स्थानीयहरुसँग बुझ्दा हराएकाहरुको अवस्था रहस्यमय रहेको छ । खुम्बुमा हराएका पर्यटकहरुको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नपाएपछि खुम्बुमा कति हराए यकिन हुन नसकेको हो ।
खुम्बु क्षेत्रमा आफ्नो बाबुको पालादेखि नै पर्यटक हराउदै आएको तर जङगली जनावरले खाएको हो भने पनि थाहा हुनुपर्ने भिडबाट लडेपनि लाश त पाउनु पर्ने तर हालसम्म हराएकोहरुको अवस्था अज्ञात रहेको नाम्चेका स्थानीय लामाकाजी लामाको भनाई छ । खुम्बुमा हराएकाहरुको अवस्था हालसम्म अज्ञात रहेपछि खुम्बुका स्थानीयहरुको आ–आफ्नै अनुमान रहेकोछ । खुम्जुङका स्थानीय टसि शेर्पाका अनुसार अहिलेसम्म खुम्बुमा हराउने पर्यटकहरु एक्लै रहेको अवस्थामा मात्र हराएकोले यतिले गायब बनाएको हो । यति मान्छे जान नसक्ने स्थानमा मात्र बस्ने भएकोले लाश समेत नपाएको धेरैको अनुमान छ ।
हराएर अज्ञात रहेका पर्यटकको विषयमा भने प्रहरीको फरक दृष्टि छ । ईलाका प्रहरी कार्र्यालय नाम्चेका प्रहरी निरिक्षक रामकाजी थामी भन्नुहुन्छ “यहाँ हराएकोहरुको कुनै न कुनै प्रमाण त भेटिनु पर्ने हो तर नभेटिएपछि खुम्बु क्षेत्रमा कुनै गिरोह सकृय रहेकको हुनसक्छ तर गिरोह नै सकृय छ भन्ने कुनै प्रमाण पछि छैन । हराउछन् तर नभेटिएका चोहि सत्य हो ।”
हालसम्म एक्लै खुम्बु घुम्न आएका पर्यटकहरु मात्र हराएको पाईएकोले खुम्बु क्षेत्र गन्तव्य बनाएर आउने पर्यटकहरु एक्लै नआउन प्रहरीको आग्रह छ ।