कुवेतमा मालिक्नीकको यौन चाहाना पुरा गरेर काठमाण्डौमा महल


उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौंको थानकोटमा साढे तीन तले घर बनाएका छन् । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यवसाय, तर पनि केसीको जीवनशैली देखेर उनलाई चिन्नेहरु चकित छन् ।
तीन वर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्किएका केसीको प्रगति देखेर गाँउका अन्य पनि आश्चर्यमा परेका छन् । उनको पुर्ख्यौली घर भने धादिङ हो ।
‘यस्ले कसरी घर बनायो भनेर हामी पनि चकित छौ, उनलाई नजिकबाट चिनेका साथीले भने – कुवेतमा पनि घरभित्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामी पनि आश्चर्यमा परेका छौ ।’
भाग्यमानीको भूतै कमारो !
राजकुमारका लागि कुबेतको धनाढ्य ‘सुल्तान’ को घरभित्र भाडा माझ्ने, खाना पकाउने र सुल्तानका श्रीमतिका कपडा धुने काम पाएको थियो । यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाई मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भयो ।
पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन् । त्यही मौकालाई नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे ।
घरमा काम गर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्नो स्वार्थ पूरा गर्न लगाइ । नेपाली केटोको काम आवरणमा भान्से भए पनि ऊ वास्तविक मालिक बन्दै गएको थियो ।
दिउसोमा श्रीमती र साझमा छोरीलाई ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतिको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाई यता फर्काइदियो ।
तर पनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाई नेपाल फर्किनु पहिले केही महङ्गा गहना (जवाहारत) समेत दिएकी थिइन् ।
यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । नेपालीहरु पैसा कमाउन कति धूर्त छन् भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपूर्ण पाटो पनि खुलासा गरिदिएको छ ।
नेपालमा पनि पेशा विस्तार !
काठमाडौंमा घर बनाइ सकेपछि पनि केसीले कुवेतमा सिकेको सीपको भरपूर सदुपयोग गरे । पल्सर मोटर साइकलमा चढेर काठमाडौं शहर डुल्ने उनको पेसा अहिले पनि त्यही हो । श्रीमान विदेशमा रहेका लाहुरेनीदेखि आर्मी प्रहरीका श्रीमती सम्मलाई उनले अहिले कल्याण गरिरहेका छन् । उनी पल्सरमा दिन रात दुवै टाइमको जागिर गर्दछन् यतिखेर राजधानीमा । श्रीमानको ‘सुन्तुष्ट बनाउने’ धन्दा बारे उनकी श्रीमती भने बेखवर छिन ।
म्यानपावर कम्पनी हो जतिखेर पनि जानु पर्ने हुन सक्दछ भन्दै उनले श्रीमतीलाई विश्वस्त बनाएका छन् । उनको ड्युटी कहिले काहिं चौविसै घण्टा समेत चल्ने गरेको छ । मदिरामा उनको खर्च हुन्न, खानेकुरा ‘जागिर’ सँगै पाउने भएपछि उनको कमाइ पनि मोटै छ अहिले । श्रीमती र बच्चाबच्ची खुसी राखेका छन् उनले ।
व्यक्तीगत गोपनियताको लागि उनको नाम परिवर्तन गरिएको छ ।