घरेलु हिंसाको धेरै कारण जाँडरक्सी

सोलुखुम्बुको देउसा निबासी शेर्पा थरकी महिलालाई श्रीमान्ले माधक पदार्थ सेवन गरेर  पटक–पटक कुटपीट गरेपछि घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा दुई पटक निबेदन दिनुभयो । त्यहाँ छलफल गरेर उनका श्रीमान्ले अब त्यस्तो नगर्ने सहमती गर्नुभएकोछ । 
त्यस्तै गार्मा १ सोलुखुम्बुकी अर्की महिलालाई पनि श्रीमान्ले जाँडरक्सी खाएर पटक÷पटक कुटपिट गर्ने गरेको भन्दै घरेलु हिंसा तथा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा तीन पटक सरण लिन आउनुभयो । मिालापत्र भएको भएपनि श्रीमान्ले माद्यकपदार्थ सेवन गरेर कुटपीट गर्न नछाडेको बताउनुहुन्छ । 
उनीहरु त उदाहरणमात्र हुन् । उनिहरुजस्ता पीडित महिला गत आर्थिक वर्षमा घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्रमा श्रीमान्ले जाँडरक्सी खाएर पीडा दिएका ७६ वटा उजुरी घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा र १९ वटा उजुरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा दर्ता भए । घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीमा गत आर्थिक बर्ष दर्ता भएका १५० वटा उजुरीमा झण्डै आधा अर्थात ७६ वटा मुद्धा माद्यक पदार्थ सेवनपछि भएका घटनाहरु रहेका रहेका छन् । अधिकाँस महिलाहरु श्रीमान्ले रक्सी खाएर गालीगलोज तथा कुटपीट गर्ने गरेको घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीका अध्यक्ष एकाकुमारी कार्की बताउनुहुन्छ । 
घरेलु हिंसा तथा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीको तथ्याङक अनुसार कुटपिट शीर्षकमा ७५ वटा मुद्धा दर्ता भएकोमा ६० वटा मुद्धाको कारण माधक पदार्थ रहेको छ । त्यस्तै २० वटा गाली बेईजत शीर्षकमा दर्ता भएको मुद्धामध्ये १५ वटा र जवरजस्ति करणीको मुद्धा ४ वटा दर्र्ता भएकोमा १ वटा मुद्धाको कारण माधक पदार्थ रहेकोछ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका महिला सेल प्रमुख मिरा ओली भन्नुहुन्छ “यहाँ माद्यक पदार्थपछि हुने अपराधको संख्या अत्याधिक रहेकोछ, यहाँ उजुरी लिएर आउनुहुने धेरै जसो दिदीबहिनीहरु श्रीमान्ले जाँड रक्सी खाएर कुटपीट तथा गालीगलोज गरेको बताउनुहुन्छ” । माद्यक पदार्थ सेवन गरेपछि महिलाहरुलाई गालीगलौज गरेको पाईन्छ । कतिपय अबस्थामा पुरुषहरुले श्रीमतीसँग रिस उठेपछि माद्यक पदार्थ खाएर गाली गर्ने गरेको समेत पाईएकोछ ।  
महिला मानव अधिकार रक्षक सञ्जाल सोलुखुम्बुका अध्यक्ष शुभलक्ष्मी कोईराला कतिपय अबस्थामा माद्यक पदार्थ सेवन गरेर भएको घटनालाई ज्ञान हराएको समयमा गरेको गल्ति हो भनेर कानुनले नै छुट दिने गरेकोले यस्तो घटना बढेको बताउनुहुन्छ । उहाँको अनुभवमा पनि अधिकाँस घटनाहरु माद्यकपदार्थ सेवनका कारण भएकाछन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक बद्रि बिक्रम थापा पनि घरेलु हिंसा तथा अन्य अपराधजन्य घटनामा माद्यक पदार्थ समस्या रहेको बताउनुहुन्छ तर माधक पदार्थ सेवन गर्नुलाई नै अपराध नमानेपनि माधक पदार्थको सेवन गरेर गरेको अपराधमा कुनै छुट नभएको प्रनाउ थापाको भनाईछ । 
यसरी सोलुखुम्बुमा हुने बिभिन्न अपराधिक घटना र बिशेषगरी घरेलु हिंसाका घटनामा माद्यक पदार्थ सेवनपछि हुने घटनाहरु धेरै रहेकाछन् । यसमा पुरुषले माद्यक पदार्थ सेवन गरेर मात्र हैन महिलाले माद्यक पदार्थ सेवन गरेर पनि धेरै घटनाहरु हुने गरेका छन् जुन न्यायको ढोकामा कम पुग्छन् । महिला वा पुरुष जसबाट भएपनि माद्यकपदार्थ सेवनबाट अपराधिक घटना बढि हुने गरेकोले यस्ता घटना रोक्नको लागि जनचेतनामुलक कार्यक्रम आबश्यक रहेको प्रहरी नायव उपरिक्षक बद्रिबिक्रम थापा बताउनुहुन्छ ।