अमेरिकाको क्यालिफोर्नियास्थित लोडी
ग्रेप पर्वको विषयमा टेलिभिजन रिपोर्टको छायांकन गरिरहेका बेला सबरिना
रोडि्रगेज नामकी पत्रकार युवतीलाई बाँदरको एक प्रजाति बबूनले वक्षस्थलमा
समाएको हो ।
फक्स ४० टेलिभिजनमा लाइभ रिपोर्टिङ
गरिरहेका बेला बाँदरले एक्कासी आएर आफ्नो दाहिने स्तनमा समाएपछि उनी
सुरुमा त झसँग भइन् । तर त्यो दृश्य टेलिभिजनमा समेत लाइभ प्रशारण भैरहेको
हुनाले उनी संयमित भइन् । उनले बाँदरले आफ्नो स्तन समाएको कुरालाई ठट्यौली
पारामा प्रस्तुत गर्दै भनिन्, ‘उसले पनि केही अनुभव गर्न खोजिरहेको छ।’
केहीबेर अनुभव लिएर आफ्नो स्तनबाट हात
हटाउला भन्ने उनको आशा थियो । तर मिकी नामको त्यो बाँदरले भने मरिगए छोडेन
। निकै मज्जा आएको जस्तो गर्दै उसले मुस्कान छरेजस्तो गरी दाँत देखाएर
पत्रकार महिलाका वक्षस्थल समाइरह्यो । बाँदरको त्यो बदमासीबाट हार खाँदै
ती पत्रकारले आखिर आफ्नो लाइभ रिपोर्टिङलाई विसर्जन गर्नुपर्यो ।
उनले अन्त्यमा भनिन्,’हामी केहीबेरपछि बबूनले किन अंगुर मन पराउँदो रहेछ भन्ने कुराको जानकारी लिएर आउनेछौँ ।’
हुनत त्यो बाँदर आफै ती महिला पत्रकार
सँग आएको भने होइन । लाइभ प्रसारणको क्रममा उनले सुरुमा त्यो मिकी बाँदरको
परिचय गराउँदै उससँग हात मिलाएकी थिइन् । हात मिलाएपछि त्यो बाँदर उनको
पछाडितिर गयो, उनको काँधमाथि हात बढायो र अन्त्यमा उनको दाहिने वक्षस्थल
च्वाप्पै समायो ।