कसैलाई जागिर नपाएर कसरी हातमुख जोर्ने भन्ने समस्या छ । कतिलाई भने
जागिर दिन्छु भन्ने धेरै भएर हैरान छ । एक क्याम्पसे युवतीलाई जागिर खान
आउ भन्नेहरुको लाइन लागेको छ । अमेरिकाको एमर्सन विश्वविद्यालयमा पढ्ने ती
युवतीलाई ठूला ठूला कम्पनीहरुले समेत एक से एक बढि तलब दिएर जागिरको लागि
अफर गरिरहेका छन् ।
आखिर ती युवतीसँग के त्यस्तो दुनियामै नभएको क्षमता रहेछ र उनका लागि
जागिर दिनेको घुइँचो लागेको – वास्तवमा उनको क्षमता दुनियामै नभएको त होइन
तर उनको कला विचित्रैको भएकाले उनलाई चाहनेहरु ताँती लागेका हुन् । कला
विषयकी छात्रा जोडी स्टिलले तिघ्रामा चित्र कोर्ने काम गर्छिन् । कलेज
भर्ना भएदेखि नै फर्ुसदको समयमा उनले आफ्नो र आफ्नी साथीहरुका तिघ्रामा
राम्रा राम्रा चित्र कोरिदिन्थिन् ।
सुरुमा त उनको यो कामलाई कतिपयले गिज्याए पनि तर उनको तिघ्रे कलाले
विस्तारै चर्चा पाउन थाल्यो । इन्टरनेटमा उनका तिघ्रे कला भाइरल भए र
विश्वभरका कलाका विद्यार्थीले त्यसको सिको गर्न लागे । ती विचित्रकी
कलाकारको कलालाई विद्यार्थीहरुले मात्र मन पराएनन् विभिन्न कला
कम्पनीहरुले समेत मन पराए र उनलाई मनग्गे तलब दिने भन्ने जागिरको अफर समेत
गरे । तर क्याम्पस पढ्दै गरेकी जोडीले जागिर भने खाएकी छैनिन् ।