तिते करेला कत्तिको खाने गर्नुभएको छ ? कतै तितो भयो भनेर नखाने गर्नुभएको त छैन ? यदि त्यसो हो भने अब नियमित रुपमा तिते करेला खानुहोस् । तिते करेलाको तरकारी तथा अचार मात्र होइन नियमित रुपमा तिते करेलाको जुस समेत खाने गर्नुहोस् । किनकी तिते करेलाले क्यान्सरबाट जोगाउने तथ्य पत्ता लागेको छ ।

तिते करेला मधुमेहका रोगीका लागि अत्युत्तम भोजन भएको कुरा त हामी सबैलाई थाहा छ । मधुमेहले प्यांक्रियाजको क्यान्सरलाई झनै बढावा दिन्छ । यदि हामीले नियमित रुपमा तिते करेलाको सेवन गर्ने हो भने मधुमेहका साथै क्यान्सरको जोखिम पनि कम हुने शोधकर्ताको भनाइ छ ।
तिते करेलामा क्यान्सर प्रतिरोधी गुण रहेको पछिल्लो खोजले क्यान्सर रोगको उपचारमा नयाँ आयाम थप्ने विश्वास शोधकर्ताहरुको रहेको छ ।