हातको रेखाको सहायताले मानिसको भविष्य बताउने कला नेपालमा लोकप्रिय भएको हामीमध्ये धेरैलाई थाहा नै छ तर, यस्तो कला जापानमा पनि लोकप्रिय छ भन्ने कुरा धेरै मानिसहरुलाई यसपछि मात्र थाहा हुनसक्छ । जापानका आधुनिक कहलियका मानिसहरुमा पनि यो प्रतिको विश्वास बढ्दो छ । आफ्नो आयु बढ्ने रेखा, माया र सफलताको रेखाहरुलाई बढाउनको लागि जापानका मानिसहरुले प्लाष्टिक सर्जरी नै गर्ने गरेका छन् ।
के तपाईं आफ्नो समृद्ध, लामो आयु र आफूले मनपराएको मानिससँग जीवन बिताउन चाहनुहुन्छ अथवा कुनै चिट्ठा जित्न चाहनुहुन्छ ? आफ्नो भाग्य बदल्ने कुरा करिब करिब असम्भव नै हो तर संख्यात्मक रुपमा वृद्धि भएका जापनीजहरु हातको रेखाको प्लाष्टिक सर्जरी गरेर नै भाग्य बदल्ने कुरामा विश्वस्त छन् । जापानका ताकाकि माट्सुवाकाले आफ्नो स्यानोन ब्युटि क्लिनिमा अहिलेसम्म २० जना जतिको प्लाष्टिक सर्जरी गरेर हातको रेखा परिवर्तन गरिसकेका छन् । दुईवर्ष अघिसम्म माट्सुवाकोलाई हस्तरेखा सम्बन्धी केहि पनि जानकारी थिएन । तर एकदिन एकजना मानिसले उनलाई आफ्नो रेखाहरु बदल्नको लागि सहयोग गर्न आग्रह गरे । यस्तो पद्धती पनि हुन्छ र भन्ने हिसाबले यी डाक्टरले खोजी गर्न थाले र पत्ता लगाए कि यस्तो प्रक्रिया त कोरियामा निकै अगाडिदेखि अपनाइसकिएको रहेछ । उनको यसको प्रक्रियाको बारेमा पढे र आफ्नो क्लिनिकमा आएकी एक महिलाले के कुरा परिवर्तन गर्न चाहेको कुरा पत्ता लगाएर उनको हातको रेखा अपरेसनद्वारा एक हजार डलरमा परिवर्तन गरे । उनको यो मेहेनतले रंग ल्यायो र त्यसपछि ३७ मानिसहरुले उनको क्लिनिकमा हातका रेखाहरु बदल्ने र थप्ने काम गरिसकेका छन् ।
डा. माट्सुवाकोका अनुसार यदि तपाईंलाई आफूले के गरिरहेको छु भन्ने कुरा थाहा छ भने हातको रेखाको प्लाष्टिक सर्जरीको प्रक्रिया निकै सजिलो छ । यसका लागि १० देखि १५ मिनेटको समय लाग्छ र घाउ निको हुन एक महिनाको समय लाग्छ र यसका लागि ब्यान्डेज लगाउनुपर्ने हुन्छ । आधुनिक उपकरणको प्रयोग गरेर बनाइएको हस्तरेखा प्राकृतिक त देखिँदैनन् तैपनि यसले भाग्यमा असर पुर्याउने विश्वास भने गरिएको छ ।