विद्यालयको आयश्रोत विद्यार्थीको विहे

सोलुखुम्बुको गुदेल माविलाई एक नमुना प्रकृयाबाट आर्थिक आम्दानी भईरहेको छ । विद्यालयमा बालविवाह धेर्रै हुन थाले पछि विवाह गरेका बिद्यार्थीहरुबाट विवाह शुल्क असुल्न थालिएको छ ।

   विद्यालय पढ्ने उमेरमा त्यस क्षेत्रको अधिकाँश विद्यार्थीहरुले विवाह गर्ने भएकोले यो नियम बनाएको बताउनु हुन्छ गुदेल माविका प्रधानाध्यापक खड्ग राज कार्की । उहाले थप्नु भयो,“यो नियम हामी शिक्षकले बनाएको पनि हाईन, विद्यालय व्यावस्थापन समितिले बनाएको पनि होईन, यो त विद्यार्थीहरुले नै चुनावि प्रकृयाबाट बनाएको नियम हो” । विद्यालयमा धेरै बालविवाह हुन थाले पछि के गर्ने भन्ने विषयमा छलफल भयो अनि विद्यार्थीहरुबाट पनि सल्लाह लिदा कसैले विहे गरेको विद्यार्थीलाई यस विद्यालयबाट नै हताउनु पर्ने माग गरे, कसैले एक वर्ष पढ्न नपाउन माग गरे भने कसैले विद्यालयमा पैसा तिर्नु पर्छ भन्ने माग गरे । 

यस  विषयमा निर्णायक जिम्मा कसैले नलिएर विद्यार्थीहरु चुनावी प्रकृयामा जाने भयो । 
    जब शैक्षिब सत्र २०६७ साल सुरु भयो तब विदार्थीहरुले भोट दिन थाले, अन्तमा पैसा तिरेर पढन पाउने नियमले नै बहुमत ल्यायो । शै सत्र २०६७ साल देखि यो नियम गुदेल माविमा लागु गई रहेको छ । तिन वर्षको समयमा विद्यालयबाट कक्षा १० सम्म पढ्दै गरेका तीन दर्जन भन्दा बढि विद्यार्थीले विहे गरिसकेको छ । एक विद्यार्थीले बिहे गरेपछि फेरी पढाईलाई   निरन्तरता दिनको लागि विद्यालयमा दुई हजार पाँच सय तिर्नु पर्दछ  । 
  
   विद्यालयको आर्थिक आम्दानी भईरहे ता पनि विद्यार्थीको विवाहले शैक्षिक सुधार सोचे जस्तो गराउन नसक्नुका साथै केहि विद्यार्थीले पैसा नतिरी पठनपाठन नै ठप्प पारेर घरमा बस्ने भएकोले माध्यमिक शिक्षा पढ्ने विद्यार्थीको सँख्या पनि न्युन रहेको कार्कीले बताउनु भयो