नेपालको चलचित्रकर्ममा मैले दुईवटा काम मनै देखी गरेको छु ।
चलचित्रमा अभिनय
चलचित्रको अभिनय
चलचित्रमा अभिनय गर्नु सहज काम हैन । झन निर्देशन त त्यो भन्दा गरुङ्गो र चुनौतीपूर्ण । अभिनय गर्दा अभिनेता वा अभिनेत्रीले आफ्नै भुमिकामा वा अभिनेत्रीले आफ्नै भुमिकामा मात्र सिमित रहेर काम गर्छन्, निर्देशन गर्दा निर्देशकले चलचित्रका सबै सानो ठुलो भुमिकामा अभिनय गर्छ र ती भुमिकामा अभिनय गर्छ र ती भुमिकाहरुको अन्तर सम्बन्धको समन्वय यो एउटा क्रिल्ष्ट काम हो । तर नेपाली चलचित्रकर्ममा धेरै जनाले यी कामहरुलाई सजिलो ठानेर गरे अथवा सजिलो ठाने गरे अथवा सनिलो ठाने । गल्ती त्यही भएको हो भन्ने मलाई लाग्छ । सबैभन्दा गाह्रो काम सबै भन्दा सजिलो सीत विश्लेषण गर्न खोज्नु ।
मेरो सन्दर्भमा मैले धेरै अभिनय गरेको छु । तर थोरै सिकेको छु । थोरै निर्देशन गरेको छु तर अलि धेरै सिकेको छु । थोरै निर्देशन गरेको छु तर अलि धेरै सिक्ने अवसर पाएको छु । यो मेरो आत्म विश्लेषण हो । अब म बाँकी लेखनलाई अभिनयमा केन्द्रित राखेर टुङ्ग्याउन चाहन्छु । किनकी त्यसो नगर्नु म आफ्नो मुख्य पहिचान माथि अन्याय गरे सरह अनुभुत गर्न बाध्य हुनेछु ।
मेरो चलचित्र अभिनयको यात्रा २०२६ सालमा शुरु भएको हो । त्यो भन्दा अगाडी म नाटकमा अभिनय गर्थे । यो यात्रा २०७० साल सम्म पनि निरन्तर चलिरहेछ । अस्ति भर्खर छ एकान छ को सुटिङ सके, अहिले बुद्ध जाव वर्न इन नेपाल (BBIN) को छायाँकनमा व्यस्त छु । २०२६ सालमा म जुन दिन परिवर्तन चलचित्रको सुटिङका लागी निस्के, त्यही दिन मैले एउटा कुरा मन मैले निर्णय गरेको थिएँ । त्यो हो, म चलचित्रको अभिनयलाई भिन्न दृष्टिकोणबाट अध्ययन गर्ने कोसिस गर्नेछु । त्यो अध्ययन आजको दिन सम्म पनि जारी छ र त्यो कोशिस पनि आजको दिन सम्म जारी छ ।
मैले सबैभन्दा पहिला जान्न खोजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतीकरण बीच । मैले सोचेको कुरा मैले ठाने भन्दा धेरै गाह्रो विषय रहेछ । पात्र र वैयत्तिक यथार्थको मिश्रणबाट जन्मने चरित्रमा कुन पाटो बढी हावि भएको छ ? त्यो अध्ययनले मात्रै मेरो उत्सुकता मेटाउन सक्दो रहेछ, कल्पनाको धरातलमा उभिएको । मैले निर्वाह गर्ने चरित्रबाट आफूलाई अलग वा टाढा राख्न सकिन । आफैलाई अलग वा बेग्लै दृष्टिकोणबाट सञ्चालन गर्न सजिलो होला, पात्रको यथार्थबाट आफूलाई अलग राख्न कमसेकम एकै जुनी भित्र गर्न सकिने कर्म हैन रहेछ ।
पात्रको सोचाईको क्रममा आफुलाई विस्तारै ढाल्दै लग्न सकिदो रहेछ । त्यस्तै बोल्ने, त्यसरी नै हिड्ने, त्यसरी नै अङ्ग अङ्गलाई परिचालन गर्ने जस्ता क्रियाकलाप गर्न सकिदो रहेछ । तर त्यो पात्र भित्र बास गर्ने मन र मुटु चाहिं त्यो पात्रको अभिनय गर्ने अभिनेता जा अभिनेत्री कै हुँदोरहेछ । यति अभिन्न हुँदो रहेछ की छुटाउनै नसकिने । विश्व भरीका परिस्कृत सुचिमा परिसकेका कलाकारहरु पनि जीवनभर पात्र र आफुलाई छुट्टाउने प्रयत्नमा लागेका हुँदा रहेछन् र यसमा थोर बहुत सफल पनि हँदा रहेछन् । जति यो मामलामा सफल हुँदा रहेछन त्यती मात्रामा उनीहरुको अभिनय पनि सवल र प्रभावकारी हुँदै जाँदो रहेछ ।
मैले मेरो अभिनय यात्रालाई यही अध्ययनको पहिलो पाठशालाको रुपमा ग्रहण गरेको छु । यहि पाठशालाको रसायन कक्षमा म प्राक्टीकल गर्दै रहेछु- साठी वर्षको जीवनमा निरञ्तर ४४ वर्ष । प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टी सबै भन्दा ठुलो प्राप्ती हो । आफु कार्यरत क्षेत्रमा नलागेर अर्कै क्षेत्रमा लाग्नु पर्ने रहेछ भनेर सोच्ने मान्छेहरु मैले हरेक क्षेत्रमा भेटेको छु । तर आज आएर म यो कुरामा विश्वस्त छु की मैले जे रोजे, सही रोजे । अरु बिधामा छु के थाहा के हुन्थ्यो ? यो अनुमानको विषय भयो । अब म यो क्षेत्रमा जे छु आजको यथार्थ हो । जुन हामीले, मैले लगायत सबै कलाकार साथीहरुले प्राप्त गरेका छौं । यो प्राप्तीले हामीलाई सन्तुष्टी दिएको छ ।
मैले अगाडी नै भनि सके सन्तुष्टि सबैभन्दा दुर्लभ प्राप्ती हो । मैले मेरो अभिनय यात्राको दौरान प्राप्त गरेको सबैभन्दा ठुलो एैश्वर्यको रुपमा आमजनताको माया, स्नेह र सद्भावलाई लिएको छु । यो पेशाले मलाई एउटा पहिचान दिएको छ र त्यो पहिचान सन्तुष्टी..........त्यसैले म यसै यात्रामा लागी रहने छु, अघि भने झै अध्ययनको क्रमलाई निरन्तरता दिदै । एउटा अन्तिम प्रश्न मलाई नै, के म अरु पेशामा लागेको भए एउटा प्रतिष्ठीत संस्थाले मेरो नाममा पुरस्कार स्थापना गरेको देख्न पाउँथे त ?
नोट : एनएफडिसी राष्ट्रिय फिल्म अवार्डको अवसरमा प्रकाशित स्मारिकामा छापिएको नीर शाहको लेखलाई प्रकाशन गरिएको हो ।