विवश कुलुङ
नशामा जोश र बल हुञ्जेल अरुको सेवा गर्दै ठीक्क भएपछि डुक्पा लामा उमेर ढल्किदै र बल घर्किदै जाँदा उपचारका लागि समेत सहयोग माग्दै हिड्न थालेका छन् । हवाईमार्ग मार्फत काठमाडौबाट फाप्लु आएका यात्रुहरुको सामान बोकेर जीविका चलाउदै आएका ६२ बर्षे डुक्पाको स्वास्थ्यमा समस्या देखिन थालेपछि अहिले उनी सहयोगको याचना गर्दै हिड्न थालेका हुन् ।
बोल्न समेत नसक्ने भईसकेका डुक्पाले बाटोमा भेट्ने सबैलाई सहयोग माग्दै हिड्ने गरेका छन् । भारतको सिक्कीम घर भई सानै उमेरमा नेपाल छिरेका डुक्पाले गाई गोठाला देखि साना तिना उद्योगमा समेत काम गरेपनि पारिश्रमिक नपाउँदा अहिले उपचार खर्चको समेत अभाव झेल्नुपरेको बताए । ‘बल हुञ्जेल काम गरें, ज्याला दिएन, तर आज गोजीमा एक रुपैयाँ छैन, कसरी उपचार गर्नु ?’
२०३६ सालमै भारतको सिक्कीम छाडेर नेपाल आएका डुक्पाले शूरुमा पेट पाल्नकै लागि विभिन्न स्थानमा गाई गोठालो भएर काम गरेको बताए । गाई गोठालो गर्दा गर्दै काठमाडौं छिरेका डुक्पा त्यहाँ पनि बाँच्न सहज नभएपछि पुनः २०४६ सालतिर सोलुखुम्बुमै फर्केका थिए । त्यसपछि पूर्ण पाउरोटी उद्योगका मालिक पूर्ण बहादुर तामाङको सम्पर्कमा आईपुगेका डुक्पाले सोही उद्योगमा करीब ८ बर्ष काम गरेको बताए । तर आठ बर्ष काम गरेपछि आफूले उक्त उद्योगबाट आठ रुपैयाँ पनि नलिएको बताए । ‘आपूmलाई समेत विर्सेर बजार बजारमा लगेर पाउरोटी बेच्ने काम पनि गरें, तर एकपैसा पनि दिएन’ डुक्पाले स्वर काम्दै भन्नु भयो ।
यत्ति लामो जिन्दगी कसरी वितेछ भन्ने पत्तै नभएको बताउने डुक्पाले जिन्दगीमा विहे पनि गरेनन् । विहे किन नगरेको भन्ने प्रश्नमा उनले भने ‘आफू त मागेर काम चलाउदै छु, अरुका छोरी आउँछन् त ?’
अरुको श्रमको मूल्य मात्र दिने हो भने आज आफूले यो अवस्था झेल्नु नपर्ने उनको भनाई छ । काम मात्र गरेर पारिश्रमिकको माग नगरेकोमा पछुतो मान्दै आएका डुक्पाले हिजोआज भन्न थालेका छन् ‘काम गरेको पैसा नदिएपनि लडेरै लिनुपर्दो रहेछ है !’