नाम्चे प्रबेश गर्ने ट्रेकिङ भरियालाई दस्तुर तर ट्रेकिङ गाईडलाई निःशुल्क


विवश कुलुङ 
 सगरमाथा प्रवेशद्धार नाम्चे प्रवेश गर्ने पर्यटक भरियालाई सगरमाथा राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने गरेको छ भने ट्रेकिङ गाईडलाई चाहि निःशुल्क प्रवेश गर्दै आएको छ ।
  सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ट्रेकिङ गाईडले भन्दा ट्रेकिङ भरियाले बढि फोहोर पार्ने भएकोले भरियाबाट प्रवेश शुल्क लिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्ययले बताउनु भयो ।  
   सगरमाथा राष्ट्रिय निकुञ्जमा भरियहरु धेरै नै पिडित रहेको समेत  सगरमाथा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्ययले स्पष्ट पार्नु भयो । उहाका अनुसार नेपाल सरकारले नै यस्तो भरिया बाट दस्तुर उठाउने निति आए पछि सगरमाथा राष्ट्रिय निकुञ्जले दस्तुर उठाउदै आएको हो । 
सगरमाथा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख भुमिराज उपाध्ययले थप्नु भयो “यस क्षेत्रमा आउने गाईडले दैनिक १५ सय ज्याला पाउने गरेको छ भने भरियाले त आठ सयमा भारी भोक्दै आएको छ, गाईडले चाहि तिर्नु पर्नेमा उल्टै कम ज्याला पाउने भरियाले तिर्नु पर्ने अवस्था छ ।” 
   सगरमाथा राष्ट्रिय निकुञ्जमा ट्रेकिङ भरियालाई सबै क्षेत्रबाट पेल्ने गरको भन्दै पर्याटकको भारी बोकेर जादै नाम्चे तर्फ गरेका भरिया बुद्धि बहादुर भुजेलले दुःखेसो व्याक्त गर्नु भयो । बुद्धि बहादुर भुजेलले “सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा  एक छाक खानाको मुल्य ५ सय ५० रुपैयासम्म, चाऊचाउको मुल्य २ सय सम्म साथै एक कप चियाको मुल्य ६० रुपैया सम्म तिर्नु पर्छ तर हामी भारी बोक्नेहरु ओढारमा पनि बस्न पाईदैनौ, कर पनि हामीले नै तिर्नु पर्ने भन्दै आक्रोश व्याक्त गर्नु भयो ।”
   नाम्चे प्रवेश गर्नको लागि सगरमाथा राष्ट्रिय निकुञ्जको केन्द्रिय कार्यालय नाम्चेमा एक पटक भारी बोकेर गए बापत प्रत्येक ट्रेकिङ भरियाले २५ रुपैया तिर्दै आएको छ ।