किसानको बस्तीमा कुटो कोदालो बनाउने कालिगड छैन

विवश कुलुङ राई
 सोलुखुम्बुको दुर्गम गाउ चाचालुङमा गाउभरि नै कुटो कोदालो बनाउने कालीगड नहुदा समस्या भएको छ  ।मुख्या पेशा खेति भएको चाचालुङमा कोदो, गहु, जौं, फापर, मकै, आलु आदिको खेति भए पनि गाउमा किसानलाई आवश्यक पर्ने कुटो, कोदालो, हसिया आदि सामग्री बनाउने दक्ष कालीगडको अभावमा समस्या भएको हो । कुटो कोदालो बनाउने गाउमा एक घरले मात्र बनाउदै आएको तर भएको कालीगड बसाई सरेर गए पछि गाउमा कोहि पनि दक्ष काम गर्ने मान्छे नै नभएको स्थानीय कृषक असल मान कुलुङले बताउनु भयो ।
  चाचालुङमा करिब २८० घर जनसँख्या भएपनि त्यहा कुलुङहरुको एकल बस्ती हुनुका साथै त्यस बस्तीमा कसैले पनि कालीगडको काम नसिकेको  र त्यहा अरु कुनै जातजातिकाका बसोबास नभएकोले कुटो कोदालोको लागि एक दिनको समय निकालेर पल्लो गाउ नाम्लुङ जानु परेको स्थानीय कृषक रुद्र शंकर कुलुङले बताउनु भयो ।
 कृषक रुद्र शंकर कुलुङका अनुसार गाउमा कुटो कोदालो बनाउने मानिस नभएको एक वर्ष भई सकेको छ, गाउमा त्यस्तो कुनै पनि कोदालो बनाउने मानिस नभए पछि गाउमा अनिवार्य दक्ष कुटो कोदालो बनाउने कालीगड आवश्यकता रहेकाले आज भन्दा ९ वर्ष अगाडि छिमेकी गा.वि.स. बुङबाट राम काजी वि.क. लाई बोलाएको थिए, गाउमा सेवा गरेको आठ वर्ष पछि पोहर साल आफ्नो जन्मथलो बुङ नै फर्केर गए पनि कोहि नभएको हो ।
  मुख्या पेशा कुषि भएपछि कृषकलाई आवश्यक पर्ने औजार मर्मत तथा निर्माणका लागि गाउमा दक्ष कालीगड चाहिए पनि नभएकाले अहिले कृषकहरु मर्कामा परेका छन् ।