विद्यालयको चन्दा बाकस डस्टविनमा परिणत

सोलुखुम्बुको टाक्सिन्धु ८ रिङमु निमाविमा कार्यरत निजि स्रोतमा शिक्षण गर्ने शिक्षकहरुलाई तलव खुवाउनको लागि पर्यटक हिड्ने बाटोमा राखिएको चन्दा बाकस पर्यटक हिड्न छाडेपछि फोहोर फ्याक्ने डस्टविनमा परिणत भएको छ ।
बाह्य तथा आन्तरिक पर्यटक हिड्ने बाटामा पर्ने रिङमु बौद्धस्थित विद्यालयले चन्दा बाकस राखेर विगतको वर्षहरुमा वार्षिक ८० हजारसम्म आयस्रोत जटाउदै गरेको विद्यालयको चन्दा बाकस अहिले पर्यटक हिड्ने बाटो नै सुनसान भएपछि डस्टविनमा परिणत भएको विद्यालयले जनाएको छ । 
पर्यटकको चहलपहल घट्न थालेपछि बाटोमा सञ्चालनमा रहेको होटल पनि चल्न छोडेकोले होटल व्यवशायी समेत चिन्तित भनेका छन् । हिमश्रृङ्खलाको अवलोकन तथा हिमाल चढ्नका लागि वर्षको दुुई सिजन गरेर विदेशी पर्यटकहरु सोलुखुम्बुको सगरमाथा क्षेत्रमा आउने भएता पनि दोलखाको जिरी हुदै आउनेको सँख्या भने ह्वात्तै घटेको नुनथलाका होटल व्यवशायी धनपुरी तामाङले बताउनु भयो ।
 काठमान्डौंबाट गाडीको यात्रामा दोलखा जिरीमा ओलिर्एर आउने पर्यटकको सँख्या घट्नुको मुख्या कारण बाटोमा राम्रो बासको व्यवस्था नभएको पर्यटन व्यवशागीहरु बताउछन् ।