पिठ्यूँमा नूनतेल र सिटामोलः सोलुखुम्बुबासीको नियति

पुण्यप्रसाद भट्टराई

ढिके नून पिठ्यूँमा बोकेर उकालो लागेका विकास लामाको टाउका माथिबाट प्लेन गयो । घरजत्रो चाउचाउको भारी लठ्ठीमा अड्याएर थाप्लोका पछाडि हातले थामे र बेस्सरी आकासतिर हेरे । एकैछिनमा चिम्सो आँखा झिम्क्याउँदै पाइला सार्न लागे ।जहाज बस्न नसकेर फर्कियो ।अघिल्ला एक भलाद्मी भन्दै थिए । हावा बेस्सरी चलेपछि के गर्ने त ? अर्काले सहमती जनाए ।
एउटा रमणीयता भित्र कष्टकर मनस्थिति बोकेर फाप्लुमा भारीसँग लामो यात्रा भर्दै गरेका विकासलाई जहाज बस्नु नबस्नु सँग कुनै मतलब त थिएन तर पनि उनले भने –‘पिलेनको के टुंगो छ र ?
प्राथमिक विद्यालय पढ्ने उमेरका देखिउमेर ढल्किसकेका ब्यक्ति समेत नून तेलको भारी लिएर एकसारमा पाइला चलाइरहेका थिएपछि पछि घण्टीको आवाजसँगै एकहुल खच्चरको क्याराभान आइरहेको थियो । विकास लगायतका उनका साथीहरुले भारीलाई भित्तामा टेको लगाएर खच्चरलाई बाटो दिए । खच्चर र भरियाको सेवा उही भएपनि समूह फरक छ हामीसँगै हिँडेका एकजना सरकारी कर्मचारीले भने । खच्चर निकै लामो लर्कोमा अघि बढ्दै थियोनजीकै डोलीमा विरामी बोकेर जिल्ला अस्पताल आउँदै गरेको एउटा अर्को दृष्य देखियो । चिच्याइरहेको त्यो विरामीलाई बाटो दिन एक सय खच्चरका खच्चर ड्राइभर लाइ हम्मे हम्मे प¥यो ।
सोलुखुम्वु जिल्लाको अधिकाँश भागमा डडाल्नो यातायात सेवाबाट चल्दो रहेछ । तर भरिया अति नै महंगो । भनेजति पैसा पाइएन भने उनीहरु बरु सुत्दारहेछन्,भारी बोक्न जाँदारहेनछन् ।
न्यूनतम एक बोकाइको ३ हजार रुपैयाँसम्म लिँदा रहेछन् । नेले गाविसको नेले हाटदेखिको उकालोमा फलामको ह्याम पाइप बोकेर उकालिरहेका सुन्दर राईलाई अझै ३ दिन हिँडेर बुङ पुग्नु थियो । घरि घरि नाम्लोबाट भूँइमा पाइप अड्याउँदै उनी उभिन्थेउनलाई हेर्दा लाग्थ्योयहाँका भरियाहरु खुइøय गर्दारहेनछन् । पन्ध्रपन्ध्र मिनेटमा पाइप टेको लगाउँदै उनी भन्दै थिए मेरो यात्रा ५ दिनको हो,प्रतिकेजी सत्तरी रुपैया ढुवानी भाडा पाउँछुर सय किलोको भारी बोकिरहेको छु ।स्थानीय होटलमा खाना र वास खर्च तिरेर पनि दिनको हजार रुपैँया बसाउँदा रहेछन् । उनले पीडाको कुनै लेससम्म नदेखाइ भने आम्दानीमा चित्त दुखाउने ठाउँ छैन । स्थानीय होटलमा उनीहरुलाई खाना र वस्न न्यून मूल्य तिर्नु पर्ने रहेछ । कारण उनले भने चिनजान 
बाटोमा सदरमुकामबाट चाउचाउको गतिलो भारी बोकेर बुङ जाँदै गरेकी सरिता कुलुङले भनिन् शिक्षाले बाख्रा पालनका लागि तालिममा बोलाएको थियो घर जाँदा एकभारी सामान लैजाउँन भनेर लिएर बोकेकी । बाटो खर्च पनि आउँने काम पनि हुने । तीन छोराछोरी र एउटा श्रीमानको जिन्दगी फाट्टफुट्ट खेती बाहेक यसरी चल्दोरहेछ उनको ।
ओखलढुँगा हुँदै सदरमुकाम सम्म कच्ची सडक भएपनि गाडीको सुविधा रहेनरहेछ यहाँकहिलेकाही कसै कसैले निजी ढुवानी गर्दा रहेछन् । खच्चर र मान्छेको डडाल्नो यहाँको सवारी रहेछ । जिल्लाका पूर्वी गाविस छेस्कामगुदेलबुङजुभिङ लगायतका क्षेत्रमा आम डडाल्नो नै ओसार पसारको साधन रहेछ । सबैतिर खच्चर जान सक्ने घोडेटो बाटो नहुँदा पनि भरियाको खाँचो पर्दोरहेछ । अचम्म लाग्ने चाहीँ के भने डडाल्नोभरि भारी बोकेर पनि मान्छेको आँखामा पिडा देखिँदैन । लगाएको लुगामा अभाव झल्किँदैन । पर्याप्त ज्याला नदिए कोही पनि भारी बोक्न तयार छैनन् ।
नेले गाविसका एक स्रोत शिक्षक दयाराज बस्नेत भन्छन् भरियाको पनि यहाँप्रोफेसनालिज्म छ उनीहरु आफ्नो नैतिकता र अडानभन्दा एक इन्च पनि तल झर्दैनन् । त्यसैले सबैको आम्दानी राम्रो छ ।
भरियाले बाटोमा स्थानीय उत्पादन नै खान पाउँछन् । माथिल्लो भेगमा चामल बाहेक स्थानीय उत्पादन पाइन्छ । सबैभन्दा बढी आलु पाइन्छ । तल्लो भेग कागेलपञ्चनसल्याननेचा जस्ता गाविसमा स्थानीय चामल पनि पाइन्छ । तर त्यहाँको चामल निकै दरो हुँदोरहेछहाम्रो तिरको बर्खे धानजस्तो, इलामबाट पढाउन आएका एक शिक्षक भन्दै थिए ।
अहिले सदरमुकाम सल्लेरीबाट गार्मानेलेमुक्लि हुँदै नेचा सम्म ट्र्याक खन्ने कार्य जारी छ तर केही बर्ष सम्म त त्यो भेगमा पनि भारी डढाल्नोमा नै बोक्नुपर्ने बाध्यता रहेछ । प्राथमिक तहमा पढ्नेजस्ता एक भरिया दिपक विश्वकर्माले दुःखमनाउ गर्दे भने यो बाटो हाम्रोलागि उचित छैनगाडीले नै भारी बोकिदियो भने हामी के गर्ने ? पसिनाको धारा उनको मुखभित्र पसिरहेको थियो,उनी बेस्सरी सर्किए । हेर्दे टिठ लाग्दो यो उमेरका बच्चाको पीडा गाडीले हर्ने हो कि बल्झाउने हो प्रश्न अनुत्तरित थियो ।
जिल्लाको पश्चिमतिर पर्ने भकाञ्जेचौलाखर्कगोलीटाप्टिङ गाविसको पनि नूनतेल र चामलको ढुवानी उही डढाल्नो रहेछ । नाम्चे खुम्जुङ लगायतका उत्तरी भेगमा भने नूनतेल लगायतका सामान ल्याउने झण्डै आधा जिम्मेवारी प्लेनको रहेछ । भर्खरै नाम्चे र खुम्जुङको यात्रा सकेर सदरमुकाम फर्किएका जिल्ला अनुसन्धान कार्यालयका प्रमुख विमल घिमिरेले ब्यङ्ग्य गर्दै भने त्यहाँ त एक थर्मस तातो पानीकै तीनसय देखि पाँच सय रुपैया सम्म पर्छ अनि भरियाले पन्ध्रहजार भाडा कसरी नलिउन त  ?
सोलुखुम्वुजहाँ ४ बटा विमानस्थल छन्सदरमुकाम सम्म कच्ची सडक पनि छ तर पनि गाउँका कुनाकाँप्चामा नूनतेलचामलचाउचाउ देखि सिटामोल सम्म पु¥याउने साधन चाँही आम भरियाको डढाल्नो नै रहेछ । साँच्चै पर्यटकीय रुट बाहेकमा पनि प्रोफेसनल भरियाहरुले सामान ढुवानी गर्छन्गरिबी कतै देखिदैन,झुप्रा कतै छैनन्अचम्म लाग्छ ४ देखि ८ बटा झ्याल नभएका र २ तला नभएका त घर पाउन मुश्किल छतर पहाडको टुप्पामा होओस् वा खाँेचमा सबैठाउँको ढुवानीको साधन डढाल्नो नै होधन्य डँढाल्नो ।