नेपालगंज – जिल्ला प्रहरी कार्यालयले अघिल्ला वर्षको
तुलनामा आर्थिक वर्ष ०६९/०७० मा बालिकामाथि जबर्जस्तीका घटना अस्वाभाविक
रूपमा बढेको जनाएको छ । ०६६/०६७ मा ५, ०६८/०६९ मा ७ र ०६९/०७० मा १२
मुद्दा दर्ता भएका हुन् । अझ पछिल्लो ६ महिनामा त्यस्ता ८ घटना भएको र
त्यसमध्ये जबर्जस्ती करणीमा ७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरीका
अनुसन्धान अधिकृत प्रहरी निरीक्षक शिवबहादुर सिंहले बताए । जबर्जस्ती करणी
मात्र होइन, अधिकांश घटनाका अभियुक्तले बालिकामाथि अप्राकृतिक मैथुन गर्ने
गरेको आरोपसमेत लागेको छ । जेठ १२ गते नौबस्ताकी एक १३ वर्षीया बालिकालाई
जबर्जस्ती करणी र अप्राकृतिक मैथुन गरेको आरोपमा प्रहरीले २० वर्षीय
पदमबहादुर विकलाई पक्राउ गर्योक । उनले स्थानीय सामुदायिक वनभित्र लगेर
बालिकाको गुद्वार र मुखमा मैथुन गरेको आरोप छ । बाँके जिल्ला अदालतले
अभियुक्त विकलाई पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएको छ ।
यसै बीच दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कुसुमका एक
१४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरको
निगरानीमा राखेको छ | ती बालकले छिमेककी बालिकालाई गत २ गते साँझ घर
नजिकको मकैबारीमा जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । पछिल्ला दिनमा
बालिकामाथि जबर्जस्ती करणीका घटना बढेका छन् । उनीहरू घर र ओछ्यानमै
असुरक्षित हुने अवस्था आएपछि अभिभावक चिन्तित छन् । त्यस्तै, वैशाख २५ गते
नौबस्ताकै ६ र ८ वर्षीया दुई दिदीबहिनीलाई जबर्जस्ती करणी र अप्राकृतिक
मैथुन गरेको आरोपमा पक्राउ परेका पूर्णबहादुर परियारलाई पनि अदालतले
पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । इलाका प्रहरी कार्यालयमा
घटना मिलाउने प्रयास भए पनि अधिकारकर्मीको दबाबले त्यो सम्भव नभएपछि
मुद्दा दर्ता भएको थियो । ‘बालिकामाथि हुने यस्ता जघन्य आपराधिक घटना
मिलाउन जिम्मेवार राजनीतिक दलका प्रतिनिधि नै सक्रिय भएर लागेको पाइएको
छ,’ बालिकामाथि हुने यौन दुव्र्यवहारका घटनामा कानुनी सहयोग गरिरहेको
एड्भोकेसी फोरमका प्रमुख अधिवक्ता वसन्त गौतम भन्छन्, ‘त्यसले पनि
अभियुक्तले प्रोत्साहन पाएका छन् ।’
यसअघि सीतापुरकी एक ९ वर्षीया बालिकालाई ललाइफकाई करणी र मुख मैथुन
गरेको अभियोग लागेका स्थानीय १९ वषर्ीय विक्रम गुरुङ फरार रहेको प्रहरीले
जनाएको छ । कलिला नानी घरमै असुरक्षित हुने, उनीहरू आफन्त र
चिनेजानेकाबाटै यौनहिंसाको सिकार भएका तथ्य बाहिर आएपछि अभिभावक चिन्तित
छन् । ‘बिहान स्कुल पठाएका नानी साँझ सकुशल घर फर्किन्छन् भन्ने टुंगो
छैन,’ कुसुमका स्थानीय वीरबहादुर वलीले भने, ‘यस्ता घटनाका दोषीलाई कडा
कारबाही र त्यसको म्यासेज सबैतिर गए घटना नियन्त्रण हुन सक्छ ।’
बालिकामाथि जबर्जस्ती करणीका अधिकांश घटना नगरोन्मुख बस्ती र सहरबजारभन्दा
टाढाका गाउँमा बढेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान
अधिकृत प्रहरी निरीक्षक सिंहले मोबाइल, अश्लील भिडियो र गलत सरसंगतले
गर्दा यस्ता विकृति बढेको पाइएको बताए । ‘टिनएजका केटा मोबाइलमा अश्लील
भिडियो हेर्ने र त्यसपछि एक्साइटिङ भएर त्यस्तै गर्न खोज्ने भएकाले पनि
अपराध बढेको देखिएको छ,’ उनले भने ।