बजारमा उड्ने र गुड्ने साईकल

flying-cycle
लण्डन,  दुइ जना ब्रिटिश डिजाइनरहरू तथा एभिएशनका शोखिनहरूले दावी गरे अनुसार उनीहरूले एउटा यस्तो साइकल बनाएका छन, जुन ४० किलोमीटर प्रति घण्टाको स्पीडमा ४००० फीट सम्मको ऊंचाईमा उडन सक्दछन ।
हजुर, यो बाइक कम साइकल सजिलैसंग एयरक्राफ्टमा परिवर्तन हुने गर्दछ । यसलाइ उडाउन कुनै लाइसेन्सको पनि आवश्यकता पर्दैन । यो ४००० फिटको ऊंचाईमा उडन सक्दछन ।
फ्लाइङ बाइसिकल एक्सप्लोर एयर प्यारावेलो बास्तबमा प्यारा विङ र साइकलको कम्बिनेशन हो । डिजाइन यसको साइकल जस्तै छ, जुन हलुका तौल भएको ट्रेलरले तान्दछ । यस ट्रेलरमा पावरफुल फ्यान लगाइएको छ । जब यो उडन थाल्दछ, बाइक ट्रेलरबाट उडान गर्दछ । यसबाट एउटा लचीलो पँखेटा निस्कन्छ । र  इलेक्ट्रिक स्टार्टर मोटर बायो फ्यूलबाट चल्ने पँखेटालाइ तिव्र बनाउँदछ । यसले कुनै खुला ठाउँबाट उडान भर्न सक्दछ । यो बाइक आम बाइक जस्तै गरि चल्दछ । जबसम्म तपाइँ यसको शूटलाइ उडाएर फ्यानलाइ चलाउनु हुन्न ।