चर्चा कमाउनका लागि सहबासको प्रस्ताव

सुन्दै अपत्यारिलो लाग्नसक्छ, निकै आश्चर्य लाग्छ । के तपाइँले सहरबजार तथा बाटोघाटोतिर कुनै युवतीले आफ्नो आसपासबाट हिड्ने अपरिचित केटाहरुलाई सेक्सको प्रस्ताव राखेको देख्नुभएको छ ? सायद देख्नुभएको छैन होला । तर एक जना अमेरिकी युवतीले भने दिनदहाडै सडक तथा बजारमै तन्नेरीहरुसँग सेक्सको प्रस्ताव राखिन् । त्यो पनि एक दुइ जना सँग होइन  १४ जना तन्नेरीसँग ।

एण्डिया नामकी ती युवतीले जब एक खुद्रा पसल बाहिर उभिइरहेका एक पुरुषसामु सेक्सको प्रस्ताव एक्कासी राखिन् ती पुरुष केवल रिसाएनन् मात्र, उनले प्रहरी समेत बोलाए । प्रहरी आए र उनलाई चेतावनी दिएर छाडे । ती युवतीको चर्तिकला यत्तिमा मात्र सिमित रहेन । उनले अर्का एक युवकसामु गएर रुँदै सेक्सको प्रस्ताव राखिन् । ती युवक मोबाइलमा आफ्नी आमासँग कुरा गरिरहेका थिए । उनले ती युवतीको प्रस्ताव अस्विकार गरे । अर्का पुरुषले पनि ती युवतीको प्रस्ताव अस्विकार गर्दै मैले सम्मानपूर्वक तिम्रो प्रस्ताव अस्विकार गर्छु भनेर जवाफ दिए । उनले छोरीसँग हिडिरहेका पुरुष तथा प्रेमिकासँग हिँडिरहेको प्रेमीसामु पनि सेक्सको प्रस्ताव राख्न छाडिनन् ।
उनले केही युवक तथा किशोरहरुलाई सेक्सका लागि राजी गराउन सफल भइन् । कतिपय युवकले उनलाई सेक्सका लागि आफ्नो घरमा आउन निम्तो दिए । तर अर्का एक युवकले भने उनलाई रक्सी खाएको भनेर मज्जाले हकारे । उनले ७ जनालाई सेक्सका लागि तयार बनाइन् र ७ जनाले उनको प्रस्ताव अस्विकार गरे ।

2

वास्तवमा ती युवतीले साँच्चीकै सेक्सका लागि त्यस्तो प्रस्ताव गर्दै हिँडेकी थिइनन् । चर्चा कमाउनका लागि उनले सेक्स प्रस्ताव राखेको भिडियो तयार पार्न चाहन्थिन् र त्यसमा सफल पनि भइन् । उनको यौन प्रस्तावको भिडियो यु ट्युबमा निकै चर्चित पनि बनेको छ ।