गौभित्ता तीर्थस्थल

नेपाल विश्वको मान चित्रमा सिन्धुमा हराएको विन्धुझैं सानो छ तर यी विन्दुभित्र अनेकौ अमुल्य स्रोत साधनहरु लुकेर बसेका छन्,चाहे त्यो खप्तड नै किन नहोस् जसले आफ्नो मुहार विश्वको ऐनामा देखाउन सकिरहेका छैन्, सगरमाथा जति देखाउन सके केवल आफ्नो लागी मात्र। यो त प्राकृतिक सौन्दर्यताको सानो र अप्रयात उदारहण मात्र हो,नेपालको प्रत्येक आन्द्राभुँडीको चिरफार गर्ने हो भने भित्र असंख्य मोतीहरु भेट्न सकिन्छ । जुन मोतीहरु आज पनि गर्वभित्रै छन्,उकुसमुकुस भएर भित्र –भित्रै आफ्नो पहिचान लुकाएर बस्न बाध्य छन्, नेपालमा थुप्रै यस्ता पहिचान भएका पर्यटकीय स्थलहरु भएता पनि प्रचार–प्रसारको अभावमा ओझेलमा छन । यस्तै ओझेलमा रहेको मध्यको एक हुन छेस्काम गाविसको उत्तरी पुर्बमा पर्ने केन्पा, गौभित्ता तीर्थस्थल ।
परिचय
         सोलुखुम्वु र संखुवासभा जिल्लाको संगम स्थलमा पर्ने केन्पा,(गौभित्ता तीर्थस्थल) सबै समुदायको साझा र पवित्र तीर्थस्थल हो। समुन्द्र सतहवाट करिब ३ हजार ८ सय मिटरमा रहेको केन्पा डाँडा र ४हजार ५ सयको मिटरमा रहेको गौभित्ता तीर्थस्थल सोलुखुम्बु सदरमुकामबाट २० कोष टाढा पुर्वमा पर्दछ । ।सोलुखुम्बुको छेस्काम गा.बि.स.को वडा नं,३ र संखुवासभाको सिशुवा गा.बि.स.को वडा नं, ९ को संगमस्थलमा पर्ने  गौभित्ता तीर्थस्थल बैशाखे पुर्णीमा,नागपञ्चमी,जनैपुर्णीमाका दिन प्रत्येक बर्ष ठुलो मेला लाग्ने गर्दछ,सो दिन भोजपुर,खोटाङ,संखुवासभा र सोलुखुम्बुबाट हजारौ संख्यामा तीर्थयात्रीहरु गौभित्ता तीर्थधामको दर्शनको लागी आउने गर्दछन् ।
    

 गौभित्ता तीर्थस्थलको धार्मिक जनबिश्वास र किम्बदन्ती
      गौभित्ता देवीसँग दर्शन गर्नाले चिरन्जीवी हुनुका साथै सन्तान नहुनेको सन्तान हुने, धन,बुद्धि र ज्ञान प्राप्त हुने धार्मिक जनविश्वाश छ । यहि धार्मिक जनविश्वाशका कारण तीर्थालुहरुले सन्तान नहुनेले काग्रो,चौपाया माग्नेले गाई,भंैसीको दुध,बुद्धि र ज्ञान माग्नेले कापी,डट्पेन र धन,सम्पती माग्नेले पैसा चढाउँने गरिन्छ । अरु धार्मिक तथा तीर्थस्थल भन्दा गौभित्ता तीर्थस्थलको महत्व र ईतिहास पनि छुटै छ।  धामी,पुजारीहरुका भनाई अनुसार धेरै पहिले गुरुङ भेडा गोठालाले(हालको गौभित्ता तीर्थस्थल भएको) ठाउँमा गोठ बनाएर ढुङगाको चुलोमा खाना बनाउन लाग्दा चुलोवाट अचानक पानीका थोपा(पसिना) आउन थालेछन् र बलिरहेको आगो निभ्न थालेछन्। निभेको आगो जति बाल्न प्रयत्न गर्दा पनि नबलेपछि गोठाला रीसले चुर भएछन् र खुकुरीले चुलोलाई प्रहार गर्दा एक्कासी चुलोवाट रगतको धारा बग्न थालेछन् । यो आश्चर्य घटना देखेर गोठालाले सोचेछन्कीर्, मैले देवी,देवतालाई काटेको रहेछु ।” र काटेको ढुङ्गालाई देवता बनाएर राखेछन्। आज ती गोठालाले निर्माण गरेर राखेको तीर्थस्थल हजारौं तीर्थयात्रीहरुको साझा पवित्र धार्मिक स्थल बन्न पुगेको छ । आज पनि गौभित्ता तीर्थस्थलमा पुगेर सो घटनाको वास्तविक दृश्य अवलोकन गर्न सकिन्छ ।गौभित्ता देवीको दर्शन गर्न जादाँ बाटामुनि ठुलो पोखरी भेटिन्छ,त्योे पोखरीलाई कालपोखरीको उपनामले चिनिन्छ ।
दर्शनमा जादाँ,फर्कदा त्यो पोखरीलाई हेर्नु हुदैंन् भन्ने जनविश्वास रहेको छ । कालपोखरी हेर्दै आवतजावत गरेमा आफ्नो मनोकाङक्षा पुरा नहुने विश्वास गरिन्छ ।


जैबिक विविधतामा गौभित्ता
    गौभित्ता धार्मिक हिसाबले मात्र नभएर प्राकृतिक हिसाबले पनि उत्तिकै परिचित छन् । प्राकृतिक सौन्दर्यकी खानी र जैबिक विविधताले भरिपुर्ण यो ठाउँको यात्रा पनि उत्तिकै रोमाञ्चक हुन्छ । गौभित्ता, केन्पा पुगेपछि ढुङ्गाको मन भएकालाई पनि कविता फुर्छ । क,ख पढ्ने शिशु झैं आफ्ना अन्र्तमनका व्याथाहरु जानी नजानी केर्न पुग्दछ । यदि गौभित्ता,केन्पाको यात्रामा आफ्नो महँगा बास्नादार सेन( सुगन्ध ) छुटेमा संकोच नमाने हुन्छ, बाटाभरी यत्रतत्र रहेका,सर्पगन्ध,सुनपाती,बैरुङ्गपाती,यार्सागुम्वा,कुर्की,पाँचऔले,सतुवा जस्ता बास्नादार जडिबुटीको सुगन्धले कुनै कमी महसुस गराउने छैन् ।यहाँ धुपि,ठिग्रे सल्ला,गोब्रे सल्ला,चिमाल,रानी चाप,लाली गँरास, जस्ता बोटबिरुवाहरु पाईनुका साथै यार्सागुम्वा,पदमचाल,लोठसल्ला,लेकाली लसुन,चिराईतो,बिष, सर्पगन्ध,सुनपाती,कुर्की,पाँचऔले,सतुवाका साथै सयौं संख्यामा बहुमुल्य जडिबुटी पाईन्छ । कस्तुरी,मृग,बदेल,बाघ,थार,भालु,हिमाली भालु,काठेभालु,हिउँ चितुवा,हिमाली खरायो,दुर्लभ जनावार रातोे पाण्डा,डाँफे,मुनाल,कालिज जस्ता वन्यजन्तु तथा पशुपक्षींहरु यसै क्षेत्रमा पाईन्छ । प्राकृतिक सौन्र्दयताको हिसाबमा गौभित्ता र केन्पा स्विजरल्याण्ड भन्दा कम छैन् । माघ,फाल्गुनमा हिउँसँग लडीबडी खेल्न स्विजरल्याण्ड पुग्नु पर्दैन् यो सेवाका लागी केन्पा हाजिर छ । नागपञ्चमी, जनैपुर्णिमामा मेला भर्ने गरि भ्रमण गर्नुभएमा केन्पाको घाँसे मैदानका फाँटमाथि फुलेका ती अनगिन्ती रङ्गीविरङ्गी सुन्दर फुलका दृश्यले स्वर्गको अनुभुति गराउनेँछन् ।


पर्यटकीय दृष्टिकोणबाट गौभित्ता,केन्पा
सोलुखुम्बु र संखुवासभाकोे संगमस्थल (३ हजार ८सय) मिटरकोे उचाईमा अवस्थित केन्पा प्राकृतिक दृष्यवलोकनका लागी प्रशिद्ध ठाउँ हो । केन्पा पुग्न सोलुखुम्बुको बुङ,छेस्काम,गुदेलबाट ७ देखी ८ घण्टा लाग्छ भने संखुवासभाकोे बाला,शिशुवाखोलाबाट एक दिन पुरै लाग्दछ । केन्पावाट महाकुलुङका रमणीय गाँउहरुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा,मकालु,बरुणजे,चारपाते खाङ्तेगा,थामर्सेकु,चाम्लाङ्,मेरा हिमाल लगाएत सयौं हिमश्रृङ्खलाहरुको दृष्यावलोकनका गर्न सकिन्छ । केन्पा पास गरेपछि २ घण्टा पछि पुगिने गौभित्ता तीर्थधाम यस मार्गकै सबैभन्दा आकर्षक पर्यटकीय केन्õ हो । यसको उचाई समुन्õ सतहदेखि ४ हजार ५ सय मिटरमा रहेको छ ।तर यस मार्ग भएर आउने कतिपय पर्यटकलाई जानकारीको अभाबमा यस तीर्थस्थलको बारेमा थाहा नै हँुदैन् ।जहाँबाट विश्वमा नाम चलेका सगरमाथा,मकालु थामर्सेकु,चाम्लाङ्,मेरा हिमाल आमालाप्चो,चोयू,कोङ्दे,नुम्बुर,नुप्चे,ल्होत्से,पुमोरी जस्ता हिमालको दृश्यवलोकन गर्न सकिनुका साथै विश्वको सबैभन्दा गहिरो अरुण उपत्यका,सोलुखुम्बु,संखुवासभा,भोजपुर लगाएत अन्य छिमेकी जिल्लाहरुको डाँडाकाँडा र हरियाली फाँटहरुको मनोरम दृश्य सजिलै नियाल्न सकिन्छ । यहि ठाउँवाट संकटकालमा तात्कालिन माओवादीले पूुर्बीय जनगणतन्त्र नेपाल नामक घुम्टी रेडियो एफ,एम संचालन गरेका थिए ।गौभित्ता डाँडामा भ्यू टावर निर्माण गर्न सकियो भने पर्यटन बिकासको प्रबद्र्धनमा निश्चय पनि ठुलो टेवा पुग्ने देखिन्छ । यसको लागी स्थानिय समुदाय तथा
 राज्यले संयुक्त रुपमा पहल गर्नु जरुरी छ ।
         
            यतिका धेरै आन्तरिक र बाह्य पर्यटकको लागी प्रचुर धार्मिक,साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय सम्भावना भए पनि प्रचार–प्रसारको अभाबमा केन्पा र गौभित्ता  दुरदराजमा लुकेर बसेको छ । गौभित्ता तीर्थस्थल खोटाङको हलेसी,काठमाण्डौंको पशुपतिनाथ,रसुवाको गोसाईकुण्ड भन्दा कम छैन् ,मात्र पर्यटकको पर्खाईमा  तड्पीरहेको छ । तपाईंहरु पनि जिवनमा एकपटक गौभित्ता देवीको दर्शन गरी पुण्य कमाउन नभुल्नु होला । समय मिलेमा माघ,फाल्गुनमा केन्पाको हिउँमा ,चैत्र,बैशाखमा सुन्दर गुराँससँग माया गाँस्न , नागपञ्चमी र जनैपुर्णिमामा बर माग्न आउन नछुटाउनु होला । केन्पा, (गौभित्ता­­) सदैब यहाँहरुको पर्खाईमा रहिरहनेछ ।