महिला महिला बीच दिन, समय र स्थान तोकेर भिडन्त

युवकहरुबीच समूहगतरुपमा भिडन्त बारम्बार हुन्छ । तर युवतीहरु बिच समूहगत भिडन्त भएको त्यति सुनिदैन । पोखरामा दुई पक्षीय युवतीहरु बिच हालै यस्तो प्रकृतिको भिडन्त भएको छ । भिडन्त त्यो पनि दिन, समय र स्थान तोकेर युवतीहरु आपसमा भिडेका छन् ।
यस्ता समूहगत झगडा कति प्रहरीकामा पुग्छन भने कति यतिकै हल्लाको रुपमा हराउँछन । विगतका दिनमा जति पनि युवकयुवती बिच झडप हुने गर्थे, त्यसमा एक पक्षलाई थाहा नभई अर्को पक्षले आक्रमण गर्ने गर्थे । कुनै पनि पक्षले लड्नका लागि निम्तो दिने गर्थेनन् । तर हेम्जा याम्दी पुलमा युवती बिच भएको झडप भने निम्तो दिएर भयो ।
सामान्य भनाभनको विषयलाई लिएर दुई समुह थापा र तामाङ झगडा भएको वडा प्रहरी कार्यालयका बगरका प्रहरी निरीक्षक रोशन खड्काले बताए । जसमा संग्लन ७ जना युवतीलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ । दुई समुह बिच कुटाकुट हँुदा भिमाद घर भइ हाल हेम्जा–१ याम्दी बस्ने लक्ष्मी थापा र पोखरा–१ बगरकी प्रिया थापा मगरको टाउकोमा चोट लागेको थियो । मगरको फिस्टेलमा र थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार गरेपछि बगर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घट्नामा संग्लन थापा पक्षकी हेम्जा–१ याम्दी घर भएकी निरु तामाङ र मगर पक्षकी पोखरा–१ मिरुवा घर भएकी भूमिका राणा, हेम्जा–१ की खुश्वु राना मगर, पोखरा १२ शितलादेवीकी रविना गुरुङ्ग, पोखरा–११ फुलबारीकी बन्धना गुरुङलाई बगर प्रहरीेले नियन्त्रणमा लिएको छ ।
प्रिया थापा मगरको पक्षले निरू तामाङ्गको पक्षलाई अपशब्द प्रयोग गर्दै गालिगलोच गरेपछि तामाङ्ग पक्षले झगडाको आह्वान गरेको थियो । त्यस पछि तामाङ्गको आह्वानलाई स्वीकारदै प्रियासहित ५ जना युवतीको टोली आइतबार साँझ ५.३० बजे हेम्जा याम्दी पुल नजिकै पुगेका थिए । त्यसपछि दुई समूह बिच करिब १०–१५ मिनेट झडप भएको एक स्थानीयले बताए ।
दुई समुह झडप गर्ने उद्देश्यले आएपनि उनीहरूबाट कुनै त्यस्तो धारिलो हातहतियार फेला नपरेको प्रहरी निरीक्षक खड्काले बताए । उलने भने ‘लड्नको लागिनै तामाङ्गको पक्षले प्रियाको पक्षलाई बोलाएको हो । झडपमा हतियार प्रयोग भएको छैन । तर दुवै पक्षले ढुङ्गाले हानेको हुनाले दुई जना घाईत भएका थिए । घट्नामा संलग्न सात जनालाई थप अनुसन्धानका लागि हामीले नियन्त्रणमा राखेका छौ ।’
खड्काका अनुसार यस अघि आफ्नो क्षेत्रमा युवतीहरुको झगडाको घट्ना नभएको बताए । गत बर्ष लेखनाथमा भएको युवती विचको झगडाको घट्ना जिल्ला प्रहरी कार्यालयमा आई पुगेको थियो । कुटपिटमा परेकी युवतीले निवेदन दिएकी थिईन । तर कुट्ने युवतीहरु फेला परेनन् । पछि ती कुटिएकी युवतीले मुद्दा दर्ता गर्न मानिन् । प्रहरीकोमा मुद्दा दर्ता नभएको त्यो घट्नाले यूटुवमा भने निकै चर्चा पाएको थियो ।