गरिवि न्युनिकरणमा महिलाको सकृयता ७५ प्रतिशत

गरिवि न्युनिकरणमा महिलाको  सकृयता ७५ प्रतिशत

विवश कुलुङ 

 सोलुखुम्बुमा रहेका गरिबि निवारण सम्बन्धी काम गर्नको लागि गठन भएका सँस्थाहरुमा अहिलेको तथ्याङक अनुसार पुरुष भन्दा महिलाको सहभागिता ३ गुणा बढि देखाएको छ ।

 गठन भएका गरिबि निवारण सम्बन्धि ४ वटा गा.वि.स.मा गरि जम्मा ४२ वटा सँस्थामा कुल सकृय सदस्यहरुको सँख्या १ हजार २ सय २६ जना मध्ये महिलाहरुको सहभागिता ८ सय ८३ रहेको छ भने पुरुषको सहभागिता ३ सय ५३ मात्र रहेको छ ।

सोलुखुम्बुमा रबि निवारण कोषले पहाडी विकास तथा संरक्षण समुह नेपालको सहकार्यमा ४ वटा गा.वि.स.मा आर्थिक वर्ष २०६६÷०६७ देखि निरन्तर रुपमा काम गर्दै आएको छ ।

सोलुखुम्बुमा पुरुषहरु रोजगारको शिलशिलामा प्रायः घर बाहिर रहने भएकोले महिलाको सहभागिता बडि देखिएको पहाडी विकास तथा संरक्षण समुहका कार्याक्रम संयोजक राजधन कुलुङले बताउनु भयो ।

गुदेल ६ मा  रहेको बाबालमा बाबरी सामुदायिक सँस्थाका अध्यक्ष यमुना राईले गरिवि निवारण कोषले गर्दा हामीले साना व्यावशाय सञ्चालन गर्न पाएका छौ त्यसैले समुह बनाएर गरिबि न्युनिकरणमा लागि परेको र समुहमा बस्नु हामी जस्ता गरिबहरुको लागि अपरिहार्य रहेको बताउनु भयो ।

गरिबि न्युनिकरण जस्तो जटिल विषय कसैको एक्लोप्रयासले असम्भाव रहेकोले सोलुखुम्बुका लागि पहाडी विकास तथा संरक्षण समुह सँग सहकार्य गरेर काम गर्दै आएको गरिबि निवारण कोष नेपालका कार्य प्रबन्धक अरुण पाण्डेको भनाई छ ।

जिल्लाको वाकुमा ९ वटा, बुङमा १०, छेस्काममा ११ वटा र गुदेल १२ वटा गरि जम्मा ४२ सँस्थाले हाल सकृय रुपमा काम गर्दै आएको छ ।