
यसका लागि स्ट्यानफोर्ड विश्वविद्यालयमा अनुसन्धान जारी रहेको बताइएको छ । नासाले मेसिनो प्रयोगले अन्तरिक्षमा मानव जीवन सम्भव बनाउन सकिने भन्दै अन्तरिक्षमा मानव बस्ति बसाउन भवनहरूको निर्माण गर्ने तयारी गरेको बताइएको छ । नासाका अनुसार अन्तरिक्षमा बन्ने कोलोनीको ब्यास १.८ किलोमिटर हुनेछ अर्थात् उक्त भवनहरू एउटा गोलाकार परिधीमा हुनेछ । अन्तरिक्षमा गुरुत्वाकर्षणको समस्यालाई पनि विचार गर्नु पर्ने हुन्छ । अन्तरिक्षमा मानिस हावामा उडिरहेको त हामीले देख्ने गरेकै छौ ।
यस समस्याको समाधानका लागी पनि कुनै उपाय सोचिने बताइएको छ । नासाका अनुसार यस कोलोनीमा पृथ्वीजस्तै गुरुत्वासकर्षण हुने र यसका लागि कोलोनी एक मिनेटमा एक पटक घुम्ने जस्ले कृतिम गुरूत्वाकर्षण उत्पन्न हुन्छ । यसले त्यहाँ रहेका मानिसलाई पृथ्वीमा रहेका मानिस जस्तै हिड्न सहज हुन्छ ।