वीर्यको आयु दशहजार बर्ष


timthumb
के तपाईलाई विश्वास लाग्दछ । प्राणीको आयुभन्दा सोही प्राणीको वीर्यको आयु हजारौं वर्ष बढी होला भनेर । वैज्ञानिकहरुले प्राणीको वीर्य दशहजार बर्ष सम्म जीवित रहने पुष्टि गरेका छन्  ।
भाले पशुको वीर्यलाई प्रशोधन गरी त्यही वीर्य दशहजार बर्षसम्म जीवित रहने पुष्टि गरेपछि पछिल्लो समयमा नश्ल सुधारको यहि वीर्य प्रयोजनले कृषकलाई निकै फाईदा भएको छ । लिक्विड नाइट्रोजन कन्टेनर ९विशेष उपकरण० मा राखिएको भाले पशुको वीर्य कृत्रिम गर्भाधान मार्फत पोथी पशुमा प्रत्यायोजन गरी गाई भैंसीदेखी पछिल्लो समयमा बाख्रामा समेत कृत्रिम गर्भाधान गर्न थालिएको छ ।
जिल्ला पशु सेवा कार्यालय पर्वतले दिएको जानकारी अनुसार विशेष उपकरणमा राखिएको भाले पशुको वीर्यको आयु दशहजार बर्ष रहेको छ । प्राय एक एक महिनामा तरल नाइट्रोजन थप्दै वीर्यलाई जीवित राख्ने र यसले वीर्यलाई अति सुसुप्त (dorment) अवस्थामा बचाई राख्दा दशहजार बर्षसम्मको आयु हुन पुगेको जिल्ला पशुसेवा कार्यालय पर्वतका कार्यालय प्रमुख डा। दीर्घनाथ ढुङ्गानाले मेरोजिल्लाडटकमलाई बताए । उनले भने ‘यसरी संरक्षित गरेर राखिएको वीर्यको आयु दशहजार बर्षसम्म जीवित रहन्छ ।’
यसरी संरक्षित साँढे, राँगो, ब्रोइलर बोकाको वीर्य जिल्ला पशु सेवा कार्यालय पर्वतले उपलब्ध गराएको ढुङ्गानाले मेरोजिल्लालाई भने । डा। ढुङ्गगानाका अनुसार नेपाल कै पहिलो पटक व्यावसायिक कृषकका बाख्रामा उन्नत जातको बोकाको वीर्य मार्फत कृत्रिम गर्भाधान सेवा सञ्चालन गरिएको छ । यसरी उपकरणमा राखिएको एउटा भाले पशुको वीर्यले अनुमानित ४५ हजार पोथी पशुमा वीर्य प्रत्यायोजन गर्न सकिन्छ । तर एउटा पोथी पशुको लागि भाले पशु पाल्दा जम्मा तीनसय पशुका लागि मात्र हुने पशुसेवा कार्यालयले जनाएको छ । कृत्रिम गर्भाधान गराउँदा पोथी पशुमा भएको रोगको समस्यालाई पशु चिकित्सकहरुले थाहा पाउने हुँदा कृत्रिम गर्भाधान उपयोगी भएको र खर्चिलो