बच्चाको पुच्छर ७ इन्च

मानिसहरूको निकै ठुलो भिड लाग्ने गरेको छ । यति ठुलो संख्यामा त्यहाँ मानिसहरू एउटा बच्चाको दर्शनका लागी आउने गर्दछन । सन २००१ मा जन्मिएका यी बालकको ७ इन्च लामो पुच्छर रहेको छ । मानिसहरूका अनुसार यो बालक हनुमानजीको अवतार हुन ।
यद्दपी मेडिकल एक्सपर्ट्स का अनुसार ती बालकको पुच्छर एक शारीरिक विकृति हो । तर स्थानीय मानिसहरू भने यसलाइ ईश्वरीय गुण मान्दै आएका छन । उनीहरूले यी बच्चामा हनुमानजीको जस्तो समानता रहेको बताएका छन ।१२ वर्षीय अरशद अली पञ्जाबको नबीपुर गाउँमा बस्दछन । साथै मानिहरू भने उनलाइ बालाजीका नामले बोलाउने गर्दछन ।अरशद का हजुर बुबा इकबाल कुरैशीले बताए अनसार अरशदमा हुनमान जस्तै ९ वटा ईश्वरीय चिन्हहरू रहेका छन । पुच्छर बाहेक, उनको खुट्टामा पदमको चिन्ह र बायाँ हातमा सीता को चिन्ह पनि रहेको छ । त्यसैले यी बालक सबैका पृय छन ।अलीको जन्म १५ फेव्रुअरी, २००१ मा भएपछि पुच्छर भएको बालकको बारेमा टाढा टाढा सम्म यो कुरा फैलियो । मानिसहरू धेरै टाढादेखि उनको दर्शनका लागी आउन थाले ।अहिले उक्त घर मन्दिर जस्तो भएको छ । मानिसहरू ती बालकको दर्शनका लागी निकै लामो लाइन समेत बस्ने गर्दछन । साधुगढको एक सरकारी स्कूलमा ८ कक्षामा पढ्ने अली आफ्ना हजुर बुबासंग बस्दछन । उनका बाबुको ४ बर्ष अघि मृत्यु भएपछि उनकी आमाले अर्को बिबाह गरेकी थिइन ।