विवश कुलुङ
आज भन्दा तीन दशक अघिसम्म आफ्नो वस्त्रको रुपमा मात्र प्रयोग गर्दै आएका अल्लोका कपडा अहिले छेस्काम, बुङ र गुदेलबासीहरु आफ्नै घरमा तान लगाएर बुन्न थालेका छन् । अहिले अल्लोको कपडाले बजार पाउन थाले पछि घरमै बसेर जिविकोपार्जनको लागि समेत सहज भएको छ ।
यसरी नेपालमा मात्र पाईने र उत्पादन भईरहेको अल्लोको कपडामा हिमालयन नेचुरल फाईबर फाउन्डेसनको सहकार्यमा विदेशी संस्थाले लगानी गर्न थालेका छन् । नेपाल सरकारबाट कुनै पनि सहयोग नभएको बेलामा नेपाली कच्चा पदार्थमा विदेही लगानी पाउदा अल्लो व्यावहायी धेरै खुसी भएको हिमालयन नेचुरल फाईबर फाउन्डेसनका अध्यक्ष ईन्द्र कुलुङले बताउनु भयो ।
अहिले अल्लो उत्पादन र प्रशोधनमा टि.आर.टि यु.के.र फिन्ल्यान्ड यम्बसी नामक संस्थाले आर्थिक तथा विभिन्न मेसिन उपलब्ध गराउनु र तालिमहरु सञ्चालन गरेर सहयोग गर्दे आएको हिमालयन नेचुरल फाईबर फाउन्डेसनका कोषाध्यक्ष भलाकाजी कुलुङले बताउनु भयो ।
केहि समय सम्म परम्परागत तरिकाबाट कुनै पनि मेसिनको प्रयोग नै नगरि अल्लोका कपडा बुन्दै आएका अहिले विदेशीले मेसिन ल्याईदिए पछि काम गर्न तीन गुणा छिटो भएको छेस्कामका पम्फा कुमारी कुलुङ बताउछन् । अहिलेसम्म अल्लो उत्पादन र प्रशोधनका लागि टि.आर.टि यु.के.र फिन्ल्यान्ड यम्बसी नामक संस्थाले प्रबिभी सुधार कार्यक्रम अन्र्तगत अल्लो लोक्त्याउने र अल्लोको धागो काट्ने मेसिन उपलब्ध गरनई सकेको छ ।
सिस्नुबाट अल्लो निकालेर घाँस, दाउरा, मेलापात आदी गर्दा समेत हातमा धागो निकाल्न सकिने भएकोले फुर्सदमा मात्र नभएर आफ्नो काम सँगै पनि धागो उत्पादन गर्न सकिने भएको हुदा व्यास्त समयको पनि अझ सदुपयोग हुने गरेको छेस्कामका हेम कला कुलुङले बताउछन् । उनी थप्छन् ‘म सानो हुदा आफैले बुनेर लाउने गरेको कपडा अहिले बजारमा विभिन्न किसिमका झोला, चप्पल, कोट, टोपी आदी उत्पादन भएपछि खुशी भएको छु ।’
यसरी आफ्नै गाँउघरमा भएको स्थानीय कपडाको सामाग्री बजारमा पाउन थालेपछि खुशी मात्र नभएर अल्लो उत्पादनमा युवाहरुजागरुक हुने भएकोले बेरोजगार युवाले रोजगार पनि पाउन थालेका छन् । अहिले बजारमा अल्लोको धागो प्रति किलो एक हजार पाँच सय सम्म पर्ने र अल्लोको कपडा प्रति मिटर सात सयले बजारमा पाउन सकिन्छ ।